वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङ,०१ चैत्र ।
नीलकण्ठ नगरपालिका भित्रका एक हजार ९ सय ९९ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । नगरपालिकाभित्र रहेका १२ वटा विद्यालयका विद्यार्थीहरूलाई झोलासहित न्यानो कपडा सेट र स्टेसनरी सामग्री वितरण गरिएको हो।
नीलकण्ठ नगरपालिकाका नगर उप–प्रमुख दीपक विश्वकर्माको पहलमा ग्लोबल कोअपरेसन फर डेभलपमेन्ट र चाइना फाउन्डेसन फर रुलर डेभलपमेन्टको सहयोगमा ४३ लाख १४ हजार ९४१ रुपैयाँ बराबरको सामग्री वितरण गरिएको हो।
उपप्रमुख विश्वकर्माका अनुसार केही विद्यालयमा झोला, केहीमा शैक्षिक सामग्री तथा स्टेसनरी वितरण गरिएको छ भने केही विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडासमेत वितरण गरिएको छ। नगरपालिकाले निःशुल्क र अनिवार्य मात्र होइन, गुणस्तरीय शिक्षामा विशेष जोड दिएको उहाँले बताउनुभयाो ।
उहाँले भन्नुभयो, “नगरपालिकाभित्रका सबै विद्यार्थीहरू आर्थिक रूपमा सक्षम नहुन सक्छन्, त्यसैले प्रदान गरिएको शैक्षिक सामग्री तथा लत्ताकपडाले उनीहरूको शैक्षिक सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छ।’
यस अभियानमा जनवादी गणतन्त्र चीनका लागि निवर्तमान नेपाली राजदूत एवं नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य विष्णुपुकार श्रेष्ठको समेत सहयोग रहेको उपप्रमुख विश्वकर्माले जानकारी दिनुभयो । यो प्रक्रिया पूरा गर्न दुई वर्ष लागेको र अहिले आएर वितरण गर्न सफल भएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।