नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ,९ फागुन
धादिङ जिल्लाको शिक्षा क्षेत्रमा सहयोग गर्ने उदेश्यले अमेरीकामा च्यारिटी शो हुने भएको छ । एक करोड रुपँैयाको अक्षय कोष स्थापनाको लागि अप्रिल ५ तारिखको दिन अमेरीकाको न्युर्योक शहरमा सांस्कृतिक कार्यक्रम गर्न लागिएको धादिङ नेपाली समाज अमेरीकाका अध्यक्ष टक बहादुर रुवालीले बताउनु भएको छ ।धादिङ जिल्ला भित्रका गरिब,जेहेन्दार,विभिन्न प्राकृतिक प्रकोपमा परि अभिभावक गुमाएका बालबालिकाहरुको शिक्षाको लागि उक्त अक्षय कोष स्थपना गर्ने उदेश्यले च्यारिटी शो गर्न लागिएको अमेरिकाबाट टक बहादुर रुवालीले नीलकण्ठ एफएमलाई जानकारी दिनुभयो ।अहिले धादिङ नेपाली समाज अमेरिका सँग ५०–६० लाख रुपैँया रहेको छ,रुवालीले भन्नुभयो बाँकि केहि पैसा एनआरएनए अमेरिकाले उपलब्ध गराउने सहमति भएको भन्दै अपुग पैसा च्यारिटी शो बाट संकलन गरिने बताउनुभयो ।

उक्त अक्षय कोषमा प्रमुख जिल्ला अधिकारी,जिल्ला समन्वय समिति,शिक्षा विकास समन्वय ईकाई,गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष संरक्षक रहने गरी अक्षय कोष स्थापना गर्न लागिएको हो । आर्थिक अभाव भएर वा अभिभावक गुमाएका बालबालिकाहरुलाई विद्यालयमा अध्ययन गर्न सहजहोस भनेर अक्षय कोष स्थापना गर्न लागिएको हो । बालबालिकाहरुको सुरक्षित भविष्य निर्माण गर्ने उक्त महान अभियानमा सहयोग गर्नको लागि अध्यक्ष टक बहादुर रुवालीले आग्रह गर्नुभएको छ ।परदेशमा बसेर घरदेशमा सहयोग गर्ने उक्त महान अभियानमा जोडिन पनि अमेरिकामा बसोबास गर्ने धादिङ्गे तथा नेपालीहरुलाई समेत अनुरोध गर्नुभएको छ ।
सांगेतिक कार्यक्रममा चर्चित लोकदोहोरी कलाकार भगवान भण्डारी,गायक किरण गजमेर,गायिका तथा मोडेल शान्ति भण्डारी,लोक दोहोरी गायक श्रीराम पौडेल,गायक राजन ठकुरी,लोकदोहोरी गायिक सिर्जना बिराही थापा,गायक तथा संगितकार कमल सौराग,गायक अभय ढुंगेल र गायिका कल्पना दाहाको विशेष प्रस्तुती रहने आयोजनाले जानकारी दिएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |