बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
धादिङबेशी । धादिङको नेत्रावती डवजोङ गाउँपालिका कार्य सम्पादन मुल्याङ्कनमा बागमती प्रदेशकै पहिलो र नेपाल भरको तेस्रो स्थानिय तह बन्न सफल भएको छ । स्थानिय सरकारको कार्यसम्पादन गर्न प्रयोग गरिएको सुचकको आधारमा नेत्रावती डवजोङ गाउँपालिका प्रदेशकै उत्कृष्ट पालिका बनेको हो ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्त आयोगको गरेको १७ वटा सुचकको आधारमा नेत्रावती डवजोङ गाउँपालिकाले ७८.२ नम्बर ल्याई प्रदेशकै पहिलो भएको गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत हरेराम शाहले बताउनु भयो । यस अघि नेत्रावती डवजोङ गाउँपालिकाले बेरुजुमा पनि अग्रस्थान हासिल गर्न सफल भएको थियो । अघिल्लो बर्षमा देशभरिका पालिका मध्ये छैटौँ स्थान हासिल गरेको नेत्रावती डवजोङ गाउँपालिकाले कार्यसम्पादन मूल्याङ्कनमा ४८.७१ अंक हासिल गरि जिल्लामा प्रथम भई उत्कृष्ट स्थानिय तह बन्न सफल भएको थियो ।
कार्य सम्पादन मुल्याङ्कनमा धादिङका स्थानिय तह
धादिङको १३ वटा स्थानिय तह मध्ये ७८.२ अंक हासिल गरि नेत्रावती डवजोङ गाउँपालिका प्रथम भएको छ । नीलकण्ठ नगरपालिकाले ७६.५ अंक हासिल गरि दोस्रो र बेनिघाट रोराङ गाउँपालिकाले ७४. ४ अंक हासिल गरि तेस्रो बन्न सफल भएको छ । त्यसैगरी गंगाजमुना गाउँपालिकाले ६१.५ अंक हासिल गरि धादिङमा चौथो बन्न सफल भएको छ । कार्य सम्पादनको मुल्याङ्कनमा रुवीभ्याली गाउँपालिकाले ४८.८ अंक मात्रै हासिल गरेर धादिङको सवै भन्दा कमजोर पालिका सावित भएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |