तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण
धादिङबेशी । पार्टी राम्रो भयो भने देश राम्रो हुने र समाज परिवर्तन र विकासका लागि नेपालमा पार्टी बलियो हुनुपर्ने नेकपा एमालेका केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज खेम प्रसाद लोहनीले बताउनुुभएको छ ।
नेकपा एमाले धादिङले विभाग र सल्लाहकारहरुको सपथ ग्रहण तथा अभिमूखिकरण कार्यक्रममा शुक्रबार समाज बदल्नका लागि नेकपा एमाले बलियो भयो भनेमात्र सम्भव हुने बताउनुुभएको हो ।
देशमा अहिले नकारात्मक संचार बढी भएकोले यसलाई सकारात्मकतर्फ अघि बढाउन र देशमा गरे धेरै गर्न सकिन्छ भन्ने उदाहरण गाउँमै काफी भएकोले सूचना र शिक्षा नागरिकलाई दिनका लागि लोहनीले आग्रह गर्नुभयो । एमाले बलियो भएकोले चौतर्फी आक्रमण भएको र देशी विदेशी प्रतिक्रियावादीहरुको इशारामा एमालेमाथी आक्रमण भएको लोहनीको भनाइ छ ।
नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले काग कराएर, कुकुर भुकेर हात्ती लम्किन नछाड्ने बताउँदै एमाले हात्ति लम्के जसरी अघि बढेर गन्तब्यमा पुुग्ने बताउनुुभयो । एमालेलाई कमजोर बनाउन सकियो भने समृद्धि पुरा नहुने भएकोले विदेशी ठहर बमोजिम केपि ओली र एमालेमाथीको आक्रमण यहाँको विकासको एजेण्डा रोक्न आक्रमण भएको बताउनुभयो ।
एमाले कार्यकर्ता विचल्लीत नहुन आग्रह गर्दै मुलुक मुलुक कमजोर पार्नका लागि एमालेमाथीको आक्रमण बढेको उहाँको भनाइ छ ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सल्लाहकार समिति सदस्य रामप्रसाद अधिकारीले पार्टी कार्यकर्ताहरुलाई पार्टी निरन्तरताका लागि आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला सचिव राधिका सापकोटाले जनसंगठन र विभागहरुले पार्टी र विकासका लागि काम गर्नुपर्ने बताउनुुभयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |