तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण
धादिङबेशी । केहि दिनयताको अविरल बर्षाका कारण ठाउँ ठाउँको सडक अवरुद्ध भएपछि सडक सुचारु र उद्धारका लागी नीलकण्ठ नगरपालिकाको टिम अहोरात्र खटिरहेको नीलकण्ठ नगरपालिकाका प्रवक्ता प्रकाश कुमार श्रेष्ठले बताउनु भएको छ ।
नीलकण्ठ नगरपालिका वडा न ८ साघुटार नजिकै धादिङबेसी मलेखु सडकको क्वान्द्रे, कमेरे, ससाह ज्यामिरे लगाएतको स्थानमा पहिरोको कारणले सडक अवरुद्ध भएपछि आफुहरुले पहलकदमी लिई एकतर्फी सडक सुचारु गरिएको उहाँले बताउनु भयो ।
आज बिहान नीलकण्ठ नगरपालिका वडा न ७ मा एक घर पहिरोले जोखिम भएपछि आफुहरु गएर त्रिपाल लगाएतको सामाग्री उपलब्ध गराउँदै ब्यवस्थापन मिलाएको उहाँले नीलकण्ठ एफ.एम.लाई बताउनु भयो ।
उहाँले धादिङबेशीबाट साकोष जाने सडक पनि भासिएर जोखिम बढेको जानकारी प्राप्त भएको बताउनु भएको छ । त्यसैगरी नीलकण्ठ नगरपालिका वडा न ११ मा पनि पहिरोको कारण सडक अवरुद्ध बनेको छ । ठाउँ ठाउँमा पहिरोको कारण सडक अवरुद्ध बनेको र नगरपालिकाभित्र बिपद्मा परि कहि केहि थप क्षती नहोस भन्ने अभिप्रायले आफुहरु प्रतिवद्ध भएर तयारी अवस्थामा रहेको उहाँको भनाई छ ।
उहाँले नगरपालिकाभित्र कहि कतै बिपदको घटना भैहाले आफुहरुलाई तुरुन्त सम्पर्क गर्न समेत नगरबासीलाई आह्वान गर्नु भएको छ ।
नीलकण्ठ नगरपालिका विपद्को समयमा तपशिलको नम्बरमा सम्पर्क गर्न आह्वान गरको छ ।
नगर प्रवक्ता प्रकाश कुमार श्रेष्ठ: ९८५११००१४९
निमित्त फोकल पर्सन रोशन कोईराला : ९८४०००७२१६
नगर प्रहरी प्रमुख तेज बहादुर लामिछाने :९८४०३१२०३०
स्थानिय आपतकालिक कार्य संचालन केन्द्र :९८४१५३५५४१,०१०५२०५६८
जिल्ला आपतकालिन कार्य संचालन केन्द्र :०१०५२१४६४

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |