प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
धादिङबेशी । केहि दिनयताको अविरल बर्षाका कारण ठाउँ ठाउँको सडक अवरुद्ध भएपछि सडक सुचारु र उद्धारका लागी नीलकण्ठ नगरपालिकाको टिम अहोरात्र खटिरहेको नीलकण्ठ नगरपालिकाका प्रवक्ता प्रकाश कुमार श्रेष्ठले बताउनु भएको छ ।
नीलकण्ठ नगरपालिका वडा न ८ साघुटार नजिकै धादिङबेसी मलेखु सडकको क्वान्द्रे, कमेरे, ससाह ज्यामिरे लगाएतको स्थानमा पहिरोको कारणले सडक अवरुद्ध भएपछि आफुहरुले पहलकदमी लिई एकतर्फी सडक सुचारु गरिएको उहाँले बताउनु भयो ।
आज बिहान नीलकण्ठ नगरपालिका वडा न ७ मा एक घर पहिरोले जोखिम भएपछि आफुहरु गएर त्रिपाल लगाएतको सामाग्री उपलब्ध गराउँदै ब्यवस्थापन मिलाएको उहाँले नीलकण्ठ एफ.एम.लाई बताउनु भयो ।
उहाँले धादिङबेशीबाट साकोष जाने सडक पनि भासिएर जोखिम बढेको जानकारी प्राप्त भएको बताउनु भएको छ । त्यसैगरी नीलकण्ठ नगरपालिका वडा न ११ मा पनि पहिरोको कारण सडक अवरुद्ध बनेको छ । ठाउँ ठाउँमा पहिरोको कारण सडक अवरुद्ध बनेको र नगरपालिकाभित्र बिपद्मा परि कहि केहि थप क्षती नहोस भन्ने अभिप्रायले आफुहरु प्रतिवद्ध भएर तयारी अवस्थामा रहेको उहाँको भनाई छ ।
उहाँले नगरपालिकाभित्र कहि कतै बिपदको घटना भैहाले आफुहरुलाई तुरुन्त सम्पर्क गर्न समेत नगरबासीलाई आह्वान गर्नु भएको छ ।
नीलकण्ठ नगरपालिका विपद्को समयमा तपशिलको नम्बरमा सम्पर्क गर्न आह्वान गरको छ ।
नगर प्रवक्ता प्रकाश कुमार श्रेष्ठ: ९८५११००१४९
निमित्त फोकल पर्सन रोशन कोईराला : ९८४०००७२१६
नगर प्रहरी प्रमुख तेज बहादुर लामिछाने :९८४०३१२०३०
स्थानिय आपतकालिक कार्य संचालन केन्द्र :९८४१५३५५४१,०१०५२०५६८
जिल्ला आपतकालिन कार्य संचालन केन्द्र :०१०५२१४६४

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |