बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
धादिङ,१० असोज ।
कोशिश, राष्ट्रिय मानसिक स्वास्थ्य स्वाबलम्वन संगठनले धादिङ जिल्लममा मानसिक स्वास्थ्य सम्बन्धि दुई दिने अभिमुखिकरण कार्यक्रम संचालन गरेको छ । धादिङ अस्पताल र नीलकण्ठ नगरपालिका स्वास्थ्य शाखा सँग समन्वय गरेर अभिमुखिकरण कार्यक्रम संचालन गरेको हो ।
कार्यक्रममा मानसिक स्वास्थ्य तथा मनोमाजिक समस्या कसरी उत्पन्न हुन्छ? कसरी पहिचान गर्ने, सहयोगको लागि के गर्ने भन्ने विषयमा कोशिशका मनोविद संगिता लौडारीले जानकारी गराउनुभएको थियो ।
त्यसैगरी कोशिशले मानसिक स्वास्थ्यको क्षेत्रमा हालसम्म गर्दै आएको कार्यहरुको बारेमा वरिष्ठ सामाजिक कार्यकर्ता मन्जु क्षेत्रीले जानकारी दिनुभयो ।
कार्यक्रमकै अवसरमा नलिकण्ठ नगरपालिकाका जनस्वास्थ्य निरिक्षक शिव रानाले लैङ्गिक हिंसा तथा कुनै पनि हिंसाका कारण मानसिक स्वास्थ्य समस्या बढ्ने हुँदा सम्बन्धित व्यक्तिको चासो रहनुपर्ने कुरा औल्याउनुभएको थियो ।
समस्या भएका व्यक्तिहरुलाइ पहिचान गर्न र सम्बन्धित ठाउँमा रेफर गर्न सक्ने वातावरण होस् भन्ने उद्धेश्यले स्वास्थ्य शाखा इन्र्चाज तथा स्वास्थ्यकमीहरुलाई यो कार्यक्रम आयोजना गरिएको मन्जु क्षेत्रीले बताउनुभयो ।
त्यसैगरी कोशिशले हाल प्रदान गर्दै आएको मानसिक स्वास्थ्यमा नमुना सेवा जस्तै धादिङ अस्प्तालमा पनि होलेस्टिक टिम हुनुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा धादिङ अस्पतालका निमित्त निर्देशक डा. गगन अधिकारी, नर्सिङ निरिक्ष बिमला महरा, लगायतको उपस्थिति रहेको थियो ।
२०६५ सालमा स्थापना भएको कोशिश संस्थाले मानसिक स्वास्थ्यको क्षेत्रमा अनवरत रुपमा काम गर्दै आइरहेको छ । कोशिशले मुख्यतय दुई वटा क्षेत्रमा काम गर्दै आएको छ । एड्भोकेसी लेबल र सेवा प्रवाहको रुपमा काम गरिरहेको छ ।





निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |