तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण
धादिङ, ०७ असोज ।
सिद्धलेक गाउँपालिकामा आजदेखी सप्ताहव्यापी रेविज बिरूद्वको खोप अभियान सुरु भएको छ । विश्व रेविज दिवस २०२४ को अवसरमा “अवरोध हटाऔं, रेबिज उन्मूलन गरौं” भन्ने नाराका साथ सिद्धलेक गाउँपालिकाले आजदेखी अभियान सञ्चालन गरेको हो ।
अभियान अन्तरगत आज पहिलो दिन वडा नं १ र २ को कालीदह, बैरेनी, खिर्रे, ठाँटी लगाएतका क्षेत्रका ७५ वटा कुकुरहरुलाई रेविज बिरूद्वको खोप लगाइएको पशु सेवा प्राविधिक रामशरण अधिकारीले जानकारी दिनुभयो । ७५ वटा मध्ये ३५ वटा सामुदायिक र ४० वटा घरपालुवा कुकुरलाई एन्टिरेविज खोप लगाइएको अधिकारीले बताउनुभयो ।
त्यस्तै भोलि असोज ८ गते वडा नं ३ र ४ को कमलावारी, ईटपानी, मैदान लगाएतको क्षेत्र, असोज ९ गते वडा नं ५ को बाघवच्छला, बुङचुङ लगाएतको क्षेत्र, १० गते परेवाटार, माझीटार सहित वडा नं ६ को क्षेत्र र ११ गते आदमटार, पिपलटार सहित वडा नं ७ को क्षेत्रमा अभियान सञ्चालन हुने अधिकारीले बताउनुभयो ।
असोज १२ गते भने पालिकाको छुट भएका क्षेत्रहरुमा सञ्चालन गरिने उहाँको भनाई छ ।




निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |