Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ पौष ५, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षाधादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
  • साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानियसाँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
  • सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेलसामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
  • रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ  : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
  • शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामाशिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
  • धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरणधादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण

पर्यटन पदमार्ग गोसाइँकुण्ड जाने तीर्थालुले भरिभराउ

४८२ पटक पढिएको प्रकाशित मिति: २०८१ भाद्र २, आईतबार (१ साल अघि)
पर्यटन पदमार्ग गोसाइँकुण्ड जाने तीर्थालुले भरिभराउ

नुवाकोट । यही भदौ ३ गते जनैपूर्णिमाका दिन रसुवाको गोसाइँकुण्ड स्नान गर्न नुवाकोटतर्फको पदमार्ग हुँदै जाने तीर्थयात्रीको सङ्ख्या वृद्धि भएको छ । विगतका वर्षमा यस मार्गबाट जानेको सङ्ख्या दुई हजार हाराहारीमा हुने गरेकामा यसवर्षको आज बिहानसम्म तीन हजारभन्दा बढी तीर्थयात्री नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ फेदी हुँदै त्यसतर्फ प्रस्थान गरेका छन् ।

लाङ्टाङ गोसाइँकुण्ड हेलम्बु होटल व्यवसायी सरोकार समितिका उपाध्यक्ष पेम्बा लामाका अनुसार रसुवाको धुञ्चे हुँदै जाने पदमार्गको विकल्पका रुपमा विस्तार गरिएको नुवाकोटको फेदी हुँदै पदमार्गबाट यात्रा गर्ने तीर्थयात्रीको आगमन उत्साहजनक रुपमा बढेको छ ।

“पर्यटकीय पदमार्ग तथा प्राकृतिक सुन्दरतासँग रमाउन चाहने तीर्थयात्रीका लागि पदमार्गको स्तरोन्नतिगरी यात्रालाई सहज बनाएसँगै आगमन यात्रीको बढेको हो”, उपाध्यक्ष लामाले भन्नुभयो, “तीर्थयात्रीको सेवाका लागि बासस्थान, शान्ति, सुरक्षा, भरियालगायत आवश्य प्रबन्ध मिलाएका छौँ ।” उहाँका अनुसार नुवाकोटको घ्याङ्फेदीबाट सूर्यकुण्ड हुँदै गोसाइँकुण्ड जाने तीर्थालुका लागि ठाउँठाउँमा सुविधासम्पन्न गेष्ट हाउस र होमस्टे (घरबास) सञ्चालित छन् ।

यात्रालाई लक्षित गर्दै नेपाल प्रहरी र नेपाली सेनासहित स्वयंसेवकमार्फत सुरक्षा व्यवस्था, खानपान र बसोबास, पथप्रदर्शक, भरिया, थर्पु (अस्थायी होटल), खानेपानी, प्राथमिक उपचार, शौचालयलगायत सुविधा उपलब्ध गराइएको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शङ्कर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार दुप्चेश्वरमा पर्ने पदमार्गको विभिन्न स्थानमा तिर्थालुलाई पर्नसक्ने समस्या पहिचान गर्न, आवश्यक सहयोग गर्न पालिकाले स्वयंसेवकको टोली तयारीमा अवस्थामा राखेको छ ।

नुवाकोटबाट कसरी पुग्ने गोसाइँकुण्ड

गोसाइँकुण्ड स्नानका लागि जाने यात्रीले नुवाकोटतर्फको पदमार्ग प्रयोग गरी दुई स्थानबाट फेदीमा केन्द्रित भएर यात्रा गर्न सक्छन् । काठमाडौँको सुन्दरीजलबाट पैदलयात्रा सुरु गरेर चिसापानी, कुटुङसाङ, मङ्गिनगौठ, ठाडे, घोप्टे हुँदै फेदी पुग्न सकिन्छ ।

सवारीसाधनको प्रयोग गरेर पैदल दूरी छोट्याउनलाई नुवाकोटको विदुर नगरपालिका–५ गङ्गटेबाट वा काठमाडौँको टोेखा–छहरे खण्ड हुँदै खरानीटारमा पुगेर त्यहाँबाट समुन्द्रटार, रामती, घ्याङफेदी, सिसिपु, कसेरी, तालु हुँदै घोप्टे भएर फेदी पुग्न सकिने दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष थापाले जानकारी दिनुभयो । यहाँबाट यात्रा गर्दा दुप्चेश्वर–१ सिसिपुसम्म सवारीसाधनमार्फत यात्रा गर्न सकिने उहाँले बताउनुभयो ।

यो यात्रामा दोस्रो पशुपतिनाथको रुपमा परिचित नुवाकोटको दुप्चेश्वर मन्दिरको दर्शन र सूर्यकुण्डकोसमेत स्नान गर्न सकिने अध्यक्ष थापाले उल्लेख गर्नुभयो । यही कारणले पनि काठमाडौँबाट नुवाकोट हुँदै सिधैँ गोसाइँकुण्ड जाने तीर्थालुको रोजाइमा यो पदमार्ग परेको उहाँको भनाइ छ ।

काठमाडौँबाट आएका पैदलयात्री र नुवाकोटबाट सवारीसाधन र पैदलमार्फत घ्याङ्फेदीबाट गएका यात्री दुप्चेश्वर–१ स्थित फेदीमा जोडिन्छन् । फेदीबाट हाइक्याम्प हुँदै नुवाकोटस्थित सूर्यकुण्डमा स्नान पश्चात् रसुवाको गोसाइँकुण्डको स्नान गर्न पुग्न सकिने अध्यक्ष थापाले जानकारी दिनुभयो । गोसाइँकुण्ड त्रिशूली नदीको मुहान हो । यो भन्दा सूर्यमती (तादी) नदीको मुहान सूर्यकुण्ड थप उचाइमा पर्दछ ।

रसुवाको धुञ्चेबाट गोसाइँकुण्ड (४,३८० मि) पुग्नेहरु यसभन्दामाथि अवस्थित सूर्यकुण्ड (४, ६१० मि)मा स्नान गर्न थप हिँड्नुपर्ने भएकाले कम तीर्थालु सूर्यकुण्ड पुग्ने गरेका जीविकोपार्जनका लागि दिगो पर्यटन परियोजनाका अभियन्ता नीलकण्ठ आचार्यले बताउनुभयो । नुवाकोटको घ्याङ्फेदी हुँदै गोसाइँकुण्ड जाँदा पदमार्गमा सूर्यकुण्ड पर्ने भएकाले ती तीर्थयात्रीले मात्र एकैसाथ दुई तिर्थमा स्नान गर्ने अवसर पाउने उहाँको भनाइ छ ।

धार्मिक तथा पर्यटन प्रवर्द्धनका लागि निर्माण गरिएको उक्त पदमार्गको स्तरोन्नतिसहित अप्ठ्यारो स्थानमा सिँढी निर्माणगरी व्यवस्थित बनाइएको पर्यटन अभियन्ता आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार ठाउँठाउँमा सञ्चालित व्यवस्थित गेष्टहाउस, होमस्टे, समिति, लाङ्टाङ राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेका विभिन्न उपसमिति, आमा समूहलगायतले तीर्थालुलाई आवश्यक सहयोग गरिरहेका छन् ।

गोसाइँकुण्डमा जनैपूर्णिमाका अवसरमा लाग्ने मेला भर्न तीर्थालुको घुइँचो लाग्ने गरेको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जिव डिएमले बताउनुभयो । “गत शुक्रबार पुत्रदा एकादशीदेखि सुरु भएको छ । उक्त मेला सोमबारसम्म लाग्नेछ । अहिले विभिन्न मार्ग र माध्यमको प्रयोग गरी मेला भर्न आउने यात्रीको आगमन बढ्दै गएकाले आवश्यक सुरक्षा, प्राथमिक उपचार, खानेपानी, शस्थायी शौचालयलगायत व्यवस्था गरेका छौँ”, उहाँले भन्नुभयो ।

यस तीर्थयात्राको अवधिमा रसुवा र नुवाकोटको दुवै पदमार्गबाट करिब १५ हजार तीर्थालुले मेलामा सहभागिता जनाउने अनुमान गरिएको समितिका अध्यक्ष डिएमले जानकारी दिनुभयो । समुन्द्री सतहबाट चार हजार तीन सय मिटर उचाइमा पर्ने पवित्र तीर्थस्थल गोसाइँकुण्डमा हिन्दू र बौद्धमार्गीको धार्मिक आस्था जोडिएको छ ।

“पौराणिक कथनअनुसार परापूर्वकालमा देवता र दानवबीच लडाइँ हुँदा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवनगरी उक्त विषको जलन शान्त पार्न हिमालयखण्डको काखमा पुगेर गोसाइँबाबा (भगवान् शिवशङ्कर)ले बोकेकोे त्रिशूलले खोप्दा गङ्गाजल निस्केको र त्यहाँ गोसाइँकुण्ड बनेको किंवदन्ती छ । गोसाइँकुण्ड त्रिशूली नदीको मुहान हो”, समितिका अध्यक्ष डिएमले भन्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मनोरन्जन सम्बन्धि थप
  • धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर

    धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर

  • ज्वालामुखी गाउँपालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    ज्वालामुखी गाउँपालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

  • पौष १५ गते धादिङबेसीमा तमू ल्होसार भव्य रुपमा मनाईदैं

    पौष १५ गते धादिङबेसीमा तमू ल्होसार भव्य रुपमा मनाईदैं

  • धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा

    धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा

  • समाचार
    धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर

    धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर

    ज्वालामुखी गाउँपालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    ज्वालामुखी गाउँपालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    पौष १५ गते धादिङबेसीमा तमू ल्होसार भव्य रुपमा मनाईदैं

    पौष १५ गते धादिङबेसीमा तमू ल्होसार भव्य रुपमा मनाईदैं

    धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा

    धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0