प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया
कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र
निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्
काठमाडौं, २ भदौ।
आजदेखि सुरु यू-२० पुरुष साफ च्यामिपयनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपालले सुखद् सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालले श्रीलङ्कालाई १-० गोलअन्तरले पराजित गर्दै सुखद् सुरुवात गरेको हो । जितसँगै नेपालले तीन अङ्क जोडेको छ । नेपालको जितमा निराजन धामी नायक बने । उनले खेलको २४औँ मिनेटमा गोल गरेका थिए । आजको खेलमा तुलनात्मकरूपमा बल पोजिसनमा नेपालको पक्ष राम्रो देखिए पनि फिनिसिङ राम्रो नहुँदा नेपालले कैयौँ अवसर गुमाएको थियो । च्याम्पियनसिपको समूह ‘ए’मा नेपाल, श्रीलङ्का र बङ्गलादेश छन् भने समूह ‘बी’मा भारत, माल्दिभ्स र भुटान छन् । समूह ‘ए’को खेलमा श्रीलङ्का बङ्गलादेशसँग पराजित भएमा नेपाल एक खेल अगाबै सेमिफाइनल पुग्नेछ । प्रतियोगिताअन्तर्गत भोलि समूह ‘बी’मा रहेको भारत र भुटानबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल दिउँसो ३ बजेदेखि हुनेछ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |