वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
काठडौँ, २० असोज
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज बन्दसत्रसँगै नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुँदैछ।काठमाडौँको खुलामञ्चमा सोमबार महाधिवेशन उद्घाटन भएको थियो। आज बिहान ९ बजेदेखि खुलामञ्चमै बन्दसत्र सुरु हुने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ।बन्दसत्रमा पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले राजनीतिक तथा समसामयिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।
यसैबीच, कांग्रेसको निर्वाचन समितिले नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। कार्यतालिकाअनुसार आज बेलुकी ५ बजे मतदाता नामावली प्रकाशन गरिनेछ। प्रकाशित मतदाता नामावलीउपर बेलुकी ५ बजेदेखि ६ः३० बजेसम्म दाबीविरोध गर्न सकिनेछ भने बेलुकी ८ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ।
निर्वाचन कार्यतालिकाअनुसार भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता हुनेछ। दिउँसो ४ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ। त्यसपछि ४ः३० बजेदेखि ५ः३० बजेसम्म उम्मेदवारी दरखास्तउपर दाबीविरोध गर्न सकिनेछ। बेलुकी ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गर्ने कार्यक्रम छ।
त्यस्तै, पर्सि २१ गते बिहान ९ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ। बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। सोही दिन उम्मेदवारले प्रचारप्रसार गर्न पाउने निर्वाचन समितिले जनाएको छ।कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि असोज २२ गते मतदान हुने भएको छ। निर्वाचन कार्यतालिकाअनुसार बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |