वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी पहिरोले म्याग्दीका करिब ५५० घरपरिवार प्रभावित भएका छन् । एक सय ११ घरमा पूर्ण, ९३ मा आंशिक क्षति र ३४२ घर जोखिममा परेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यका अनुसार सबैभन्दा बढी अन्नपूर्ण गाउँपालिकामा ४५ घर पूर्ण, १२ घरमा आंशिक क्षति र १८३ घर जोखिममा परेका छन् । बेनी नगरपालिकामा ३० घरमा पूर्ण, १४ मा आंशिक र ४५ घर जोखिममा परेका छन् । मङ्गला गाउँपालिकामा २३ घरमा पूर्ण, ३२ मा आंशिक क्षति र ३५ घर जोखिममा परेका सहायक प्रजिअ आचार्यले बताउनुभयो । यसैगरी, रघुगङ्गा गाउँपालिकामा छ घर पूर्ण, २७ आंशिक र ५३ घर जोखिममा परेका छन् ।
मालिका गाउँपालिकामा तीन घरमा पूर्ण, एकमा आंशिक क्षति र तीन घर जोखिममा परेका छन् । धवलागिरि गाउँपालिकामा चार घरमा पूर्ण, सातमा आंशिक क्षति र २३ घर जोखिममा परेका छन् । ५६ गोठ भत्किएर, पुरिएर क्षति पुग्दा २० पशुचौपाया मरेका छन् । अन्नपूर्ण गाउँपालिकाको गिवाङ, पाउद्धार, किन्दु, घिरवाङका ११५ जना पहिरो प्रभावितलाई उद्धार गरेर शिख र घारको अस्थायी शिविरमा राखिएको छ । विस्थापितहरुलाई सडक यातायात अवरुद्ध भएकाले बेनीदेखि हेलिकप्टरमार्फत राहत सामग्री ढुवानी गरेर उपलब्ध गराइएको छ । अन्नपूर्ण गाउँपालिकामा पाँच र मालिका गाउँपालिकामा दुई जनाको पहिरोमा परी मृत्यु भएको छ । बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा एक÷एक जना बेपत्ता भएका छन् । पहिरोले सडक, खानेपानी, नदी नियन्त्रण, विद्यालय भवन, सार्वजनिक भवन, पदमार्ग, सिँचाइ, कृषि, पशुपक्षीलगायत क्षेत्रमा पुगेको क्षतिको विवरण सङ्कलन भइरहेको छ । पूर्ण विवरण सङ्कलन हुदाँसम्म क्षतिको सङ्ख्या बढ्ने प्रशासनको भनाइ छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |