धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
धादिङबेशी । कृषि क्षेत्रमा फड्को मार्ने गरी काम गर्ने नवनियुक्त कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले बताउनुभएको छ । मन्त्री अधिकारीले कृषि पेशासँग आवद्ध रहेका किसानहरुलाई राहत दिलाउन क्रियाशिल रहने बताउनुभयो । शुक्रबार नेपाल प्रेस युनियन धादिङले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यक्रम उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री अधिकारीले जनता प्रति उत्तरदायी भएर काम गर्ने समेत बताउनुभएको छ । उहाँले विषादी नियन्त्रणमा जोड दिईने प्रतिवद्धता समेत गर्नुभएको छ ।
कृषि तथा पशुपंक्षी विकास मन्त्री अधिकारीले कृषि उत्पादन र उत्पादकत्व बढाउन, व्यसायिक र प्रतिस्पर्धात्मक कृषि प्रणलीको विकास, गुणस्तरिय बिउ विजन, विषादीको असर न्युनिकरण, कृषि तथा पशु विमा कार्यक्रम, कृषिलाई सम्मानजनक र आकर्षक पेशाको रुपमा विकास कसरी गर्न सकिन्छ भन्ने लगायतका विषयहरुमा ध्यान केन्द्रित भएको भन्दै अध्ययन गरेर अघि बढ्ने बताउनु भयो ।
किसानले सहजै मल पाउने वातावरण नबने सम्म कृषिमा विकास नहुने भन्दै मन्त्री अधिकारीले त्यसमा आफु लागीरहेको बताउनु भयो । किसानले सहजै मल विउ पाउने वातावरण बनाउन आफुले अध्ययन गरेर काम गरिरहेकोले चाडैनै रिजल्ट आउने समेत बताउनुभयो ।
कार्यक्रमकै अवसरमा नवनियुक्त कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीलाई प्रेस यूनियन धादिङले सम्मान गरेको छ । त्यसैगरी शुक्रबार नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल रेडक्रस सोसाईटी, धादिङ उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ, गैर सरकारी संस्था महासंघ धादिङ लगाएत संघ, संस्थाले नवनियुक्त कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीलाई बधाई तथा सम्मान गरेको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |