तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण
धादिङबेशी । धादिङको गंगाजमुना गाउँपालिका वडा नं ५ फुलखर्कमा समुह व्यवस्थापन तथा नेतृत्व विकास तालिम शुक्रबार सम्पन्न भएको छ । गंगाजमुना वडा नं ५ का वडाध्यक्ष कुमार बहादुर अधिकारीको आतिथ्यतामा बिहीबारबाट शुरु भएको नेतृत्व विकास सम्बन्धि २ दिने तालिममा २४ जना सहभागीता रहेको थियो ।
प्रयास नेपाल धादिङले आड्रा नेपालको साझेदारी तथा गंगाजमुना गाउँपालिकाको समन्वयमा संचालनमा भएको उत्थानशील जिविकोपार्जन तथा खाद्य सुरक्षा सुढृढिकरण परियोजना अन्तरगत वडा नं ३,४ र ५ मा गठित कृषक समुहका पदाधिकारीहरुको लागि २ समुह व्यवस्थापन तथा नेतृत्व विकास तालिम संचालन गरिएको हो ।
तालिममा आड्रा नेपालका कार्यक्रम अधिकृत दिलिप चन्द्र ढकालले आड्रा नेपालको संस्थागत जानकारी गराउनु भएको थियो । यसैगरी प्रयास नेपाल धादिङको संस्थागत चिनारी र परियोजनाको लक्ष्य, उदेश्य संचालन प्रक्रिया र मुख्य क्रियाकलापहरुको बारेमा प्रयास नेपाल धादिङका शर्मिला गुरुङले जानकारी दिनु भएको थियो । समुह तथा समुदाय तहमा कुनै पनि क्रियाकलाप तथा सहयोग उपलब्ध गराउँदा लैगिक समानता र समावेशीकरणको पक्षमा बिशेष ध्यान दिई कार्य गर्ने निति रहेको पनि जेण्डर एसोसिएट शर्मिला गुरुङले बताउनु भयो । दुई दिने नेतृत्व विकास तालिममा नेता, नेतृत्व, नेतृत्वका गुणहरु, समुह, समुहको संस्थागत विकास, बैठक संचालन प्रक्रिया, समुहको पदाधिकारीहरुको काम, कर्तव्य, उत्तरदायित्व, माईनुट लेखन अभ्यास , समन्वय , सहकार्य के किन र कसरी ,समुहको निति नियमहरु लगायतका बिषयमा सहजकर्ता रेनुका रुपाखेति र प्रयास नेपाल, धादिङका जेण्डर एसोसिएट शर्मिला गुरुङ सहजिकरण गर्नुभएको फुलखर्कबाट कविता सापकोटाले जानकारी दिनु भयो ।
कृषकको क्षमता विकास, जलवायु कृषक पाठशाला, प्राविधिक ज्ञान, सिप हस्तान्तरण गरी कृषि तथा पशुपालनमा उत्पादन र उत्पादकत्व बृद्धिमा टेवा पुर्याउने, पारिवारिक सदस्य तथा समुदायमा लैगिक समाबेशीकरण अभिबृद्धिमा वडा तथा पालिकालाई सहयोग पुर्याउने उदेश्यले धादिङ जिल्लाका गंगाजमुना गाउँपालिकामा सबै वडाहरुमा ४८ वटा कृषक समुह मार्फत उत्थानशील जिविकोपार्जन तथा खाद्य सुरक्षा सुढृढिकरण परियोजना संचालन गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी दिनु भयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |