ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
लायन राजाराम रिजाल सम्मानित
धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन
धादिङ, १ भदौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ चालिसेमा आज बिहान सुख्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बिहान करिब ५ः४५ बजे सडक माथिबाट सुख्खा पहिरो खसेपछि राजमार्गमा सवारीसाधन आवतजावत पूर्ण रूपमा रोकिएको हो ।
पहिरोका कारण सडक अवरुद्ध भएको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी सहायक निरीक्षक रामशरण बस्नेतको कमाण्डमा ट्राफिक प्रहरीसहित छ जनाको टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ ।
सडकमा खसेको पहिरो पन्छाएर राजमार्ग सञ्चालनमा ल्याउने काम भइरहेको छ । सडक अवरुद्ध हुँदा पृथ्वी राजमार्ग हुँदै गजुरी हुँदै राजधानी काठमाडौं भित्रने र बाहिरिने दुवैतर्फ सवारीसाधन रोकिएका छन् ।
प्रहरीले पहिरो पन्छाउने कार्य जारी रहेकाले सडक पूर्ण रूपमा सञ्चालनमा नआएसम्म सावधानी अपनाउन यात्रु तथा सवारी चालकलाई आग्रह गरेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |