धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
धादिङ,३ असार
खाल्टे दुर्घटनामा घाईतेको उपचारको लागि आर्थिक सहयोग संकलन रकमको पत्रकार सम्मेलन गरी सार्बजनिक गरीएको छ।गत बैशाख २ गते नीलकण्ठ नगरपालिका वडा नम्बर ५ पाल्पाली टोलमा भएको आईचर दुर्घटना परी घाईते भएकाहरुको उपचारको लागी आर्थिक संकलन अभियान सन्चालन गरिएको थियो ।वडा नम्बर ५ का वडा अध्यक्ष रामकुमार श्रेष्ठको नेतृत्वमा आर्थिक संकलन गरीएको थियो।
घाईतेको उपचारको लागि आर्थिक संकलन अभियानमा २५ लाख ५० हजार ४ सय ४६ रुपैँया संकलन भएको वडा अध्यक्ष श्रेष्ठले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनुभएको थियो ।संकलित रकम मध्ये घाईतेको उपचारको लागि ८ लाख ८३ हजार ९२ रुपैँया खर्च भएको छ ।संकलित रकम मध्ये १६ लाख ६७ हजार ३ सय ७२ रुपैँया बाँकि रहेको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको थियो।
बाँकि भएको रकम मृत्यु भएका परिवार र घाइतेहरुको सल्लाह अनुसारनै खर्च गरिने वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो।घाईतेको उपचारको लागि सन्चालन भएको अभियान बन्द भएको र उक्त खातामा रकम जम्मा नगर्न समेत अनुरोध गरिएको छ।र्दुघटना पश्चात सहयोग गर्ने नीलकण्ठ नगरपालिका, राजनीतिक दल,एम्बुलेन्स चालक,जिल्ला अस्पताल लगायत सरोकारवाला निकायलाई वडा अध्यक्ष श्रेष्ठले धन्यवाद दिनुभएको छ ।
आर्थिक संकलन अभियानमा ४ सय ७७ जनाले सहयोग गर्नुभएको थियो ।वि.स.२०८१ बैशाख २ गते नीलकण्ठ नगरपालिका ५ धादिङ दाउन्ने खोला पाल्पाली टोलमो आईचर टक दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको थियो। दुर्घटनामा परी ५ जना घाईते हुनुभएको थियो ।घाईते मध्ये ४ जना डिस्चार्ज भैसकेको र एक जनाको उपचार जारी रहेको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |