वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङबेशी । कुनै समयमा वोर्डिङ स्कुल भन्ने बित्तिकै घोकन्ते बिद्या भनेर चिनिथ्यो तर अहिले त्यस्तो छैन । धादिङबेशी स्थित पुछारबजारमा रहेको न्यु किबो बोर्डिङ स्कुलले आफ्नो बिद्यार्थीहरुको लागी सैदान्तिक ज्ञानको साथै दैनिक जीवन उपयोगी,ब्यवहारिक शिक्षा प्रदान गरिरहेको छ ।
स्कुलले ब्यवहारिक शिक्षा प्रदान गर्न हरेक शुक्रबार गुड फ्राईडे भन्दै आफ्ना बिद्याथीहरुलाई जीवन उपयोगी,ब्यवहारिक शिक्षा प्रदान गरिरहेको हो । हाल बिद्यालयले स्काउटिङ,रेडक्रस,बिभिन्न क्लव लगाएतको माध्यमबाट समेत बिद्यार्थी भाईबहिनीको ब्यक्तिगत नेतृत्व तथा क्षमता बिकासमा टेवा पुग्ने क्रियाकलापहरु संचालन गरिरहेको देखिन्छ ।
अतिरिक्त क्रियाकलाप संयोजक अनुप भट्टका अनुसार यस हप्ताको शुक्रबार प्री– प्राइमरी तर्फ विभिन्न ड्रइङ तथा कलरीङ, प्राइमरी तर्फ नेपाली हस्तलेखन प्रतियोगिता र सिनियर तर्फ छात्राहरुको लागि दुनाटपरी गास्ने कार्यक्रम र छात्रहरुको लागि पलम्बिङ सम्बन्धि क्रियाकलाप सम्पन्न भएको छ ।
शुक्रबार पठनपाठन भन्दा पनि अन्य बाहिरी क्रियाकलाप गरि शुक्रबारलाई गुड फ्राईडे मनाएको विद्यालयका प्रिन्सिपल प्रयास रेग्मीले बताउनुभयो । विधार्थी भाइबहिनीहरुलाई शैक्षिक पाटो सङै व्यबहारीक, जीवन उपयोगी र प्रयोगात्मक पाटोलाई पनि जोड्न शिक्षाको क्षेत्रमा यस्ता किसिमको नया आयमको आवश्यक रहेकोले आफुहरुले सोहि अनुसार क्रियाकलापहरु संचालन गर्दै आएको प्रिन्सिपल रेग्मीले बताउनु भयो ।
पछिल्लो समय बालबालिकाहरुलाई मोवाईल फोन जस्ता नयाँ प्रविधिले एकोहोरो बनाईरहेको अवस्थामा बोर्डिङ बिद्यालयहरुले नै यसरी ब्यवहारिक,जीवन उपयोगी र प्रयोगात्मक शिक्षामा जोड दिनु सकारात्मक कुरा भएको बाल अभियानकर्ताहरुको बुझाई छ ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।