ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
लायन राजाराम रिजाल सम्मानित
धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन
हेटौँडा । वाग्मती प्रदेश सरकारले वाग्मती प्रदेश विश्वविद्यायलय सञ्चालनका लागि वाग्मती विश्वविद्यालय संरक्षक समितिमा ६ जनालाई सदस्यमा नियुक्त गरेको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नव नियुक्त सदस्यहरुलाई आज नियुक्तिपत्र प्रदान गर्नुभयो ।
समितिका सदस्यहरुमा प्रा डा चन्द्रमणि पौडेल, कृष्ण कटुवाल, बच्चुराम अधिकारी, नुनरानी ढुङ्गेल, किरणचन्द्र दाहाल र बच्चुराम अधिकारी नियुक्त हुनुभएको छ । मुख्यमन्त्री जम्कट्टेलले समितिका सदस्यहरुलाई ऐन, नियम र कार्यविधिअनुसार काम गर्न निर्देशन दिनुभयो । प्रदेश सरकारले शैक्षिक क्षेत्रमा हाल जारी कोटा प्रणालीको प्राविधिक शिक्षाका कारण उच्च शिक्षाका लागि विद्यार्थी विदेश जानुपर्ने बाध्यताको हल गर्न प्रादेशिक विश्वविद्यालय स्थापना गरिएको उहाँले उल्लेख गर्नुभयो ।
वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले उच्च शिक्षाका लागि विद्यार्थी बाहिर जाने र उतै बस्ने अवस्था रोक्न प्रदेश सरकारले विश्वविद्यालय स्थापना गरेको बताउनुभयो । उहाँले प्रदेशमा स्थापना हुने सार्वजनिक विश्वविद्यालयले प्राविधिक र व्यावसायिक शिक्षालाई जोड दिने बताउनुभयो ।
प्रदेशमा विश्वविद्यालय स्थापना गरेको करिब दुई महिनापछि संरक्षक समितिका सदस्यहरु नियुक्त गरिएको हो । प्रदेश सरकारको एकल अधिकारको सूचीमा रहेको उच्चशिक्षालाई प्रयोग गर्दै विश्वविद्यालय स्थापनाका लागि प्रदेश सरकारले उच्च शिक्षा ऐन, २०७८ मा भएको व्यवस्थाअनुसार सार्वजनिक विश्वविद्यालयको सञ्चालन र व्यवस्थापनका लागि तयार गरिएको विधानमा विश्वविद्यालय सभा, विश्वविद्यालय संरक्षक समिति, प्राज्ञिक परिषद्, कार्यकारी परिषद् र सेवा आयोग गठनको व्यवस्था गरेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |