वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङ, २३ जेठ ।
बिश्व वातावरण दिवस २०२४ को अवसरमा नेशन प्याब्सन धादिङको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । नेशनल प्याब्सन धादिङका अध्यक्ष ईश्वरि प्रसाद पाण्डेको सभापतित्व, शिक्षा बिकास तथा समन्वय एकाइ धादिङका शाखा अधिकृत कृष्ण कुमार श्रेष्ठको प्रमुख अतिथ्यतामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको थियोे ।
धादिङ जिल्ला भर नेशनल प्याब्सन धादिङमा आबद्ध बिभिन्न विद्यालयहरुमा अध्ययनरत १२ जना विद्यार्थीहरु सहभागी हुनुभएको प्रतियोगितामा धादिङ बोर्डिङ स्कुलका विद्यार्थी अभिग्या कार्की प्रथम, न्यु किबो बोर्डिङ स्कुलका विद्यार्थी कुशल सापकोटा दितिय र न्यु धादिङ बोर्डिङ स्कुलका विद्यार्थी स्तुति दनै तृतीय हुनुभएको थियो ।
साथै बिद्यालयगत रुपमा धादिङ बोर्डिङ स्कुल प्रथम, न्यु किबो बोर्डिङ स्कुल दितिय र धादिङ बोर्डिङ स्कुल तृतीय हुन सफल भएको थियो । कार्यक्रमका प्रमुख निर्णायक बरिष्ठ साहित्यकार नविन बन्धु पहाडीले यस्ता कार्यक्रमले बिद्यार्थीहरुलाई रचनात्मक बनिरहन उत्प्रेरित गरिरहने तथा वक्तृत्वकला विभिन्न कलाहरु मध्य एक अभिन्न कला रहेको कुरा बताउनु भयो।
साथै प्रमुख अतिथी शिक्षा विकास तथा समन्वय एकाइका शाखा अधिकृत कृष्ण कुमार श्रेष्ठले विश्व वातावरण दिवस पारेर समय सान्दर्भिक शिर्षक “जलबायु परिवर्तनका प्रभाव न्यूनीकरणका उपाय“ मा कायक्रम आयोजना गरेकोमा आयोजक सस्था नेशनल प्याब्सन धादिङ लाई धन्यवाद व्यक्त गर्नुभयो ।
आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु गर्दै विद्यार्थीहरुको प्रतिभालाई प्रस्फुटन गराउन वातावरण बनाउदै जाने नेशनल प्याब्सन धादिङका उपाध्यक्ष प्रयास रेग्मीले बताउनुभयो।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।