वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङबेशी । बालबालिकाहरुको सर्वाङ्गिण विकासको लागि नीलकण्ठ नगरपालिका वडा नं. ३ ले २०८१ सालभित्र वडालाई बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा गर्ने लक्ष्य सहित कार्य गरिरहेको वडा अध्यक्ष राजकुमार श्रेष्ठले बताउनु भएको छ ।
निलकण्ठ नगरपालिका महिला तथा बालबालिका शाखाले वडा नं ३ का वडा कार्यालय धादिङबेसीमा आयोजना गरेको बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा बालमैत्री आचार संहिता तथा कार्ययोजना तर्जुमा कार्यशाला उद्घाटनको अवसरमा वडाध्यक्ष राजकुमार श्रेष्ठले सो कुरा बताउनु भएको हो ।
कार्यशालामा महिला तथा बालबालिका शाखा प्रमुख निर्मला केसीले नगरपालिकामा बालमैत्री स्थानीय शासन अबलम्वन तथा घोषणा गर्ने कार्य कुनै परियोजना कार्यान्वयन नभएर यो बालबालिकाको सर्वाेत्तम हित ,सर्वाङ्गिण बिकास र अर्थपूर्ण सहभागीताको सिद्धान्तमा आधारित सवालहरुलाई स्थानीय तहको निति ,योजना , संरचना र कार्य प्रक्रियामा संस्थागत गर्ने शासकीय पद्धति भएकोले यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी पनि स्थानीय तहको भएकोले नीलकण्ठ नगरपालिकाले बालमैत्री स्थानीय शासन घोषणाको लागि वडागत रुपमा अभियानको रुपमा अगाडि बढाईएको बताउनु भयो ।
वडाध्यक्ष राज कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बालमैत्री स्थानीय शासन वडा समितिका पदाधिकारीहरु सहित ४१ जनाको सहभागीता रहेको थियो । बालमैत्री बनाउने अभियानलाई सार्थक दिने उद्धेश्यले सञ्चालन गरिएको बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणाको लागि वडातहमा गर्नु पर्ने कामको प्राथमिकताक्रम अनुसार कार्ययोजना तयारी र बालबालिका , अभिभावक , बिद्यालय , जनप्रतिनिधिहरुको लागि बालमैत्री आचार संहिता तयार गरिएको निर्मला केसीले बताउनु भयो ।
कार्यशालामा बालमैत्री स्थानीय शासनका ३६ वटा सेवाप्रवाह र १५ संस्थागत गरि ५१ वटा सुचकहरु पूरा गर्न स्थानीय तहको वडास्तरबाट गर्नुपर्ने बालबालिकाहरुको बस्तुगत विवरण तयारी, आचार संहिता,वडा बालसंञ्जाल गठन,परिचालन ,समुदाय तहमा गर्नु पर्ने बाल अधिकार सम्बन्धि सचेतना लगायत बिषयमा गैरसरकारी संस्था महासंघका बागमती प्रदेशका निबर्तमान अध्यक्ष तथा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले सहजिकरण गर्नु भएको थियो ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।