रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङमा १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे
धादिङ,१६ जेठ
टोल विकास संस्था महासंघ धादिङको आयोजना र नीलकण्ठ नगरपालिकाको सहयोगमा टोल विकास संस्थाका पदाधिकारीहरुको लागि आयोजित अभिमुखीकरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।टोल विकास संस्था महासंघ धादिङका अध्यक्ष नर बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगर पालिकाका नगर उप प्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो ।

नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीको विशेष आतिथ्यता रहेको कार्यक्रममा नेपाल नगर पालिका संघका सल्लाहकार सरोज अधिकारी,अधिवक्ता विश्वराज अधिकारी,वडा नम्बर ८ का वडा अध्यक्ष तथा प्रवक्ता प्रकाश कुमार श्रेष्ठ,कार्यपालिका सदस्य एवं सामाजिक शाखा सदस्य मन्जु राना लगायतको आतिथ्यता रहेको थियो । नीलकण्ठ नगरपालिका भित्र ५५ वटा टोल विकास संस्था गठन गरीएको छ ।

कार्यक्रममा टोल विकास संस्थाका अध्यक्ष,सचिव लगागयत पदाधिकारीहरुको सहभागिता रहेको थियो।सहभागीहरुलाई नीलकण्ठ नगरपालिकाका सल्लाहकार दिपक कोईराला,नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठ र नीलकण्ठ नगरपालिकाका प्रशासन शाखा प्रमुख लोकनाथ उपाध्यायले विषयबस्तु माथि सहजिकरण गर्नुभएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |