कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
ससाहडाँडा निवुवाँबारी सामुदायिक वन समुहले सदस्य घर परिवारको स्वास्थ बिमा गरिदिने
रायटार मुल सडक टोल विकास संस्थाको अध्यक्षमा भोजबहादुर परियार चयन
सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
धादिङ,१६ जेठ
टोल विकास संस्था महासंघ धादिङको आयोजना र नीलकण्ठ नगरपालिकाको सहयोगमा टोल विकास संस्थाका पदाधिकारीहरुको लागि आयोजित अभिमुखीकरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।टोल विकास संस्था महासंघ धादिङका अध्यक्ष नर बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगर पालिकाका नगर उप प्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो ।

नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीको विशेष आतिथ्यता रहेको कार्यक्रममा नेपाल नगर पालिका संघका सल्लाहकार सरोज अधिकारी,अधिवक्ता विश्वराज अधिकारी,वडा नम्बर ८ का वडा अध्यक्ष तथा प्रवक्ता प्रकाश कुमार श्रेष्ठ,कार्यपालिका सदस्य एवं सामाजिक शाखा सदस्य मन्जु राना लगायतको आतिथ्यता रहेको थियो । नीलकण्ठ नगरपालिका भित्र ५५ वटा टोल विकास संस्था गठन गरीएको छ ।

कार्यक्रममा टोल विकास संस्थाका अध्यक्ष,सचिव लगागयत पदाधिकारीहरुको सहभागिता रहेको थियो।सहभागीहरुलाई नीलकण्ठ नगरपालिकाका सल्लाहकार दिपक कोईराला,नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठ र नीलकण्ठ नगरपालिकाका प्रशासन शाखा प्रमुख लोकनाथ उपाध्यायले विषयबस्तु माथि सहजिकरण गर्नुभएको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |