प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
धादिङ,१२ जेठ ।
धादिङको गंगाजमुना गाउँपालिकाको वडा नम्बर ३ लाइै नमुना सफा तथा स्वच्छ वडा घोषणा गरिएको छ। शुक्रबार एक कार्यक्रमका बिच वडालाई सफा तथा स्वच्छ वडा घोषणा गरीएको हो । शुक्रबार वड नम्बर ३ लाई सफा तथा स्वच्छ वडा घोषणा भसँगै बागमती प्रदेशकै पहिलो वडा हुन सफल भएको छ। गाउँपालिकाको नीति तथा कार्यक्रम २०८०/०८१ र खानेपानी मन्न्रालयद्वारा जारी पूर्ण सरसफाइ मार्गदर्शन २०७३ अनुसार शान्ति नेपालको सहजीकरणमा अभियान सञ्चालन गरीएको थियो ।
वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार गुरुङको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा संघीय सांसद रामनाथ अधिकारीको प्रमुख आतिथ्यमा रहेको थियो । कार्यक्रममा प्रदेश सांसद डम्बर तामाङ, गाउँपालिका अध्यक्ष भक्त लामा, नेत्रावती डवजोङ गाउँपालिका अध्यक्ष मेघनाथ रिजालको विशेष आतिथ्यता रहेको थियो । सो अवसरमा सरसफाइका तोकिएका व्यवहार र सुचकहरु वाचन गरी प्रतिबद्धता गराईएको थियो।
घोषणा कार्यक्रममा गंगाजमुना गाउँपालिकाका उपाध्यक्ष रामेश्वर सिम्खडा, प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठ, नेपाली काँग्रेसका जिल्ला स्तरका नेता साथै निवर्तमान गाउँपालिका अध्यक्ष, शान्ति नेपालका कार्यकारी निर्देशक, परियोजना संयोजक, कार्यसमिति सदस्य र कार्यपालिका सदस्य, वडा अध्यक्ष, सदस्य र गाउँपालिका वडाका कर्मचारी, विद्यालय र वडावासीको उपस्थिति थियो ।कार्यक्रममा विभिन्न प्ले कार्ड सहित ¥याली, बाजागाजा, मौलिक गीत तथा नृत्य समेत प्रस्तुत गरिएको थियो।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |