रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,१० जेठ
धादिङको नीलकण्ठ नगरपालिकाले रैथाने बाली संरक्षण अभियान संचालन गरेको छ । स्थानिय स्तरमा पाइने रैथाने बाली लोप हुने अवस्थामा पुगेकोले त्यसको संरक्षणको लागि अभियान संचालन गरेको हो।नीलकण्ठ नगरपालिकाको कृषि शाखाले रैथाने बालीको संरक्षण अभियान अन्तरगत रैथाने बालीबाट बन्ने परिकार विविधिकरण सम्बन्धी ३ दिने तालिम संचालन गरेको हो।

समृद्ध नीलकण्ठ नगरको आधार ःकृषि पर्यटन उद्यमशलिता सहितको पुर्वाधार भन्ने नाराका साथ जेठ ८ देखि १० गते सम्म तालिम संचालन गरेको हो ।पुर्खौ देखि हामीले खाँदै आएको बाली अहिले लोप हुने अवस्थामा रहेको भन्दै त्यसको संरक्षणका लागि नगरपालिकाले तालिम आयोजना गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदीले बताउनुभयो । रैथाने बालीको संरक्षण गरेर अर्गानिक रैथाने उत्पादनबाट बजारमा स्वस्थ परिकार बनाउने धादिङबेशीमा होटल संचालन गरेर बसेका र स्कुलमा क्यान्टिन रहेका व्यवसायीहरुलाई तालिम प्रदान गरिएको हो । मैदाबाट बन्ने परिकारले स्वास्थ्यलाई असर गर्ने हुदा रैथाने बालिबाट धेरै परिकार बनाउन सकिने कृषि शाखाका समुन्द्र श्रेष्ठले बताउनुभयो ।

तालिममा रैथाने बाली कोदोको मम, केक, विस्कुट,पिज्जा, दुनोट लगायतका परिकारहरु बनाइएको थियो।तालिममा सहभागिहरुलाई नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदीले प्रमाण पत्र र मीक्चर वितरण गर्नुभएको छ ।तालिममा सहभागिहरुले अब आफुले संचालन गरेको होटल,खाजा घरमा मैंदा आंटा भन्दा पनि रैथाने बालीलाई प्राथमिकता दिएर काम गर्ने बताएका छन् । तालिम प्रदान गरेकोमा नीलकण्ठ नगरपालिकालाई धन्यवाद दिदै बजारमा फरक तरिकाले रैथाने बालीबाट उत्पादन भएका अर्गानिक परिकारहरु बनाईने सहभागीहरुले प्रतिबद्धता व्यक्त गरेको छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |