कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
धादिङबेशी । धादिङमा १ महिने १६० घण्टे निःशुल्क तालिम सुरु भएको छ । जिल्ला युवा समिति धादिङको आयोजनामा सुरु भएको निःशुल्क कुक, वेटर, सामुदायिक कृषि सहायक,ब्यटिसियन,टेलरिङ र बिल्डङ ईलेक्ट्रिसियन तालिमको एक कार्यक्रमका बिच शनिबार उद्घाटन गरिएको छ ।
सिर्जनशलता र उद्यमशीलता प्रवर्धन ः बागमतीमा युवा सशक्तिकरण भन्ने नाराका साथ बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय प्रदेश युवा परिषद्को आर्थिक सहयोगमा तालिम संचालन गर्न लागिएको हो ।
तालिमलाई ब्रिलियन्ट मेनपावर ट्रेनिङ सेन्टर प्रा.ली.काठमाण्ठौ,वल्र्ड लिङ्क टेक्निकल ट्रेनिङ ईन्स्टिच्युट सेन्टर काठमाण्डौ, नवरत्न टेक्निकल ट्रेनिङ ईन्स्टिच्युट प्रा.ली.काठमाण्डौ, एसोसियट नेपाल सिनर्जी प्रा.ली. काठमाण्डौले सहजीकरण गर्ने भएको छ ।
प्रदेश युवा स्वयमसेवक सपना दाहालको अध्यक्षतामा भएको उद्घाटन सत्रमा जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्यता तथा नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक बिश्वकर्माको बिशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका समन्वय समितिका प्रमुख नवराज अधिकारीले अरुको काम गर्नु भन्दा आफै स्वरोजगारी भएर आफ्नै काम गर्नको लागि आग्रह गर्नुभयो । कुरा गर्नु भन्दा पनि काम गर्नु ठुलो भएको भन्दै सिप युक्त बनेर सफल व्यक्तिको पछि लाग्नको लागि आग्रह गर्नुभयो ।
त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दिपक विश्वकर्माले सिपले मानिसको जीवनमा परिवर्तनआउने भन्दै उहाँले सिप सिकेर स्वरोजगार बन्नको लागि आग्रह गर्नुभयो । दक्ष व्यक्तिहरुको तलब पनि बढी हुने र काम गर्न पनि सजिलो हुने भन्दै उहाँले सिपलाई महत्व दिएर सिक्नको लागि अनुरोध गर्नुभयो ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।