तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण
धादिङबेशी । नेकपा एमाले नेत्रावती डबजोङ गाउँपालिका कमिटी दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिबेशनले दुर्गकुमार शाक्यलाई अध्यक्षमा सर्वसहमत चयन गरेको छ । अधिवेशनले उपाध्यक्षमा वसन्त घले, सचिवमा डलबहादुर मगर, उपसचिवमा पूर्णीमाया तामाङ र तिलबहादुर गुरुङ निर्वाचित गरेको हो । डिलबहादुर मगरको अध्यक्षतामा भएको अधिवेशनले ३१ सदस्यीय कार्यसमितिको सर्वसम्मत निर्वाचित गरेको छ ।
अधिवेशनको उद्घाटन गर्दै नेकपा एमाले केन्द्रिय स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश इन्चार्ज गुरु बरालले गाउँ गाउँमै गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्नुपर्ने बताउनु भएको छ । पालिका स्तरमै प्रविधिमैत्री पठनपाठनमा जोड दिएर युवाहरुलाई स्थानीय ठाउँमा नै स्वरोजगार बनाउने खालको कार्यक्रम अघि सार्नुपर्ने उहाँले जोड छ ।
दुर दराजका नागरिकका बालबालिकाले गाउँमै गुणस्तरीय शिक्षा लिन पाउनुपर्ने र स्थानीय स्तरमै व्यवसायिक फर्महरु संचालनमा ल्याएर स्वरोजगार बनाउनुपर्ने बरालले बताउनु भयो । ‘विकासको पहिलो आधार गुणस्तरीय शिक्षा हो । यो काम एमालेको अगुवाईमा सम्भव छ’, नेता बरालले भन्नुभयो विदेशिने युवाहरुलाई गाउँमै रोकेर स्थानीयको आर्थिक अवस्था सुधार्न व्यवसायिक फार्महरु सुरु गर्नुपर्छ ।’ बहुदलीय जनवादको सिद्धान्तलाई अघि सारेर अन्यत्र रहेका आम मतदातालाई ढुक्कसंग एमालेमा ल्याउन र पार्टीको नीति सिद्धान्त प्रष्ट बनाएर कृयाशिल बनाउन एमाले नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।
कार्यक्रमलाई नेकपा एमाले बागमती प्रदेश कमिटिका अध्यक्ष कैलाश ढुंगेल, केन्द्रिय सदस्य खेम प्रसाद लोहनी, नेकपा एमाले धादिङका अध्यक्ष भुमी त्रिपाठी सहित केन्द्रिय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |