धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ, ३० बैशाख ।
नेकपा एमाले खनियाबास गाउँपालिका कमिटिको अध्यक्षमा उर्गेनवती तामाङ निर्वाचित भएकी छन् । दोश्रो गाउँपालिका अधिवेशनले तामाङको अध्यक्षतामा २३ सदस्यीय पालिका कमिटि चयन गरेको हो ।
कमिटिको उपाध्यक्षमा रविन कुमार तामाङ, सचिवमा राम प्रसाद तामाङ, उपसचिवमा रुसि तामाङ चयन भएका छन् । नेकपा एमाले धादिङले अभियान स्वरुव पालिकाहरुको अधिवेशन गरिरहेको छ। यहि अभियान अन्तर्गत नेकपा एमाले धादिङका इन्चार्ज धर्मदक्त देवकोटा, अध्यक्ष भूमि त्रिपाठी, उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ (गोर्खाली), सचिव राधिका सापकोटासहित जिल्ला कमिटिका पदाधिकारी र नेताहरु गाउँ गाउँ पुगिरहेका छन् ।
जिल्लाका १३ पालिका मध्ये आठ वटा पालिकाको अधिवेशन सकिसकेको छ । अधिवेशनको नेकपा एमाले केन्द्रीय लेखा आयोग अध्यक्ष डा पुष्प कँडेलले उद्घघाटन गर्दै विकासका कार्यक्रम र नीति ल्याएको बताउनुभयो ।
खनियाबास गाउँपालिका कमिटिको अध्यक्षमा चयन भएकी तामाङ धादिङ जिल्लाकै इतिहासमा पालिकाको नेतृत्वमा आउने दोश्रो महिला हुन् । यसअघि पालिका कमिटि, जिल्ला कमिटि र २०७४ सालको स्थानीय निर्वाचनपछि जिल्ला समन्वय समितिको सदस्य समेत रहेकी तामाङ खनियाबास गाउँपालिका–४ की निवासी हुन्।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |