वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङबेशी । प्रारम्भिक बालविकास सहजकर्ताहरुका लागि ५ दिने शैक्षिक सामाग्री निमार्ण तथा क्षमता विकास तालिम आजदेखि सुरु भएको छ । नीलकण्ठ नगरपालिका र बागमती प्रदेश सरकारको विशेष कार्यक्रम अन्तरगत पहिलो चरणको पाचँ दिने क्षमता विकास तालिम आजदेखि सुरु भएको हो ।
भाषिक सिप र गणितिय सिप लगायत व्यवहार कुशल सिपहरु बिकास र क्षमता विकास गर्र्ने उद्धेश्यका साथ प्रारम्भिक बाल कक्षामा कार्यरत सहजकर्ताहरुको लागि तालिम संचालन गरिएको नीलकण्ठ नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रकाश दत्त भट्टले बताउनुभयो । भट्टका अनुसार नीलकण्ठ नगरपालिकाको ८३ वटा विद्यालयमा रहेका १०६ मध्ये पहिलो चरणमा ५३ जनालाई तालिम संचालन गरिएको हो ।
तालिममा शैक्षिक सामग्री निर्माण र कक्षा कोठामा खेलद्धारा सिकाइ कसरी गर्न सकिन्छ, कक्षा कोठामा कसरी बालबालिकालाइ व्यबहार कुशल सिप कसरी बिकास गर्न सकिन्छ भन्ने विषयमा ५ दिनसम्म छलफल गरिनेछ । आज पहिलो दिन प्रारम्भिक बालविकास भनेको के हो ?, यसको अवधारणा, पक्षहरु र प्रारम्भिक बालविकासका तत्वहरुको बारेमा जानकारी गराउनुका साथै शैक्षिक सामाग्री निमार्ण गराइएको छ । तालिमको सहजीकरण सेतो गुरास बालविकास सेवा कपिलवस्तुका अनिता शर्मा र भगवती थापाले गर्नुभएको छ ।
नीलकण्ठ नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद रिजालको अध्यक्षतामा सुरुभएको तालिममा उप प्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा शिक्षा शाखा प्रमुख प्रकाश दत्त भट्ट, नगर प्रहरी लगायत बालविकास सहजकर्ताहरुको उपस्थिति रहेको थियो। आजदेखि सुरुभएको पहिलो चरणको प्रारम्भिक बालविकास सहजकर्ताहरुका लागि शैक्षिक सामाग्री निमार्ण तथा क्षमता विकास तालिम ३१ गतेसम्म संचालन हुने छ ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।