धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङबेशी । लायन्स क्लब अफ धादिङ भैरवी द्धारा नीलकण्ठ नगरपाालिका वडा न ८ मा रहेको देउराली माविमा अध्ययनरत बिद्यार्थीहरुलाई झोला बितरण गरिएको छ ।
आज बिद्यालयको प्राङ्गणमा एक औपचारिक कार्यक्रमको आयोजना गरि ५० जना बिद्यार्थीहरुलाई झोला बितरण गरिएको हो । झोला बितरण समारोहमा बिद्यालयका प्रध्यानाध्यापक खिल बहादुर धमला अध्यक्षता तथा लायन्स क्लव अफ धादिङ भैरवीका अध्यक्ष कृष्ण बद्री पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।
शितल छहारी नेपालको सहकार्यमा गरिएको झोला बितरण समारोहमा बोल्नुहुँदै लायन्स क्लब अफ धादिङ भैरवीका अध्यक्ष कृष्ण बद्री पौडेलले आफुहरुले आर्जन गरेको केहि प्रतिशतको रकम बाट सामाजिक काम गर्दै आएको र यस कार्यलाई निरन्तरता दिन हाल लायन्स क्लब अफ धादिङ भैरवी स्थापना भएको बताउनु भयो । उहाँले धादिङ जिल्लामा केहि नया सोचका साथ लायन्स क्लब अफ धादिङ भैरवी चार्टर गरिएको भन्दै क्लबमा आवद्ध हुन अन्य महानुुभावहरुलाई समेत आह्वान गर्नु भएको छ ।
झोला बितरण समारोहमा लायन्स क्लव अफ धादिङ भैरवीका प्रथम उपाध्यक्ष बालकृष्ण नेपाली,दिप्तिय उपाध्यक्ष बद्री अधिकारी, सचिव सुजन श्रेष्ठ, लायनहरु प्रकाश सापकोटा,सन्तोष अधिकारी,महेश रिजाल, शितल छहारी नेपालका उपाध्यक्ष बिक्रम पौडेल,सदस्य शुशिला ढुङ्गाना लगाएतको उपस्थिति रहेको थियो ।
लायन्स क्लब अफ धादिङ भैरवीले यहि १९ गते धादिङको प्रसिद्ध मन्दिर भैरवीमा पुगी चार्टर हस्तान्तरण समारोह सम्पन्न गरेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |