धादिङमा बढी आयकर बुझाउने तीन करदाता सम्मानित
नीलकण्ठमा DXN को स्वास्थ्य सचेतना तथा व्यावसायिक अवसरसम्बन्धी तालिम सम्पन्न
भोटेकोशी बाढीमा आफन्त गुमाएका नीलकण्ठका २० परिवारलाई दिपा फाउन्डेसनको आर्थिक सहयोग
धादिङमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङको आग्रह
पशुपति बहुउद्देश्यीय सहकारीको अध्यक्षमा जयराम भण्डारी चयन
पन्टुन पुल निर्माण सम्बन्धी धुनिवेशीमा बसेको स्थानीय तहका प्रमुखहरुको बैठकले गर्यो यस्ता ४ निर्णय
धादिङबेशी । नेकपा एमाले गंगाजमुना गाउँपालिकाको दोश्रो अधिवेशन मंगलबार सम्पन्न भएको छ । नेकपा एमाले केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज धर्मदत्त देबकोटाको प्रमुख आतिथ्यमा सम्पन्न भएको दोस्रो अधिबेशनले नवराज ढकालको अध्यक्षतामा ४९ सदस्यीय पालिका कमिटिको सर्वसम्मत रुपमा चयन गरेको हो ।
अधिवेशनले कमिटि उपाध्यक्षमा प्रेमबहादुर घले, सचिवमा जित बहादुर सिंखडा, उपसचिवमा मिना श्रेष्ठ र इन्द्रबहादुर तामाङ निर्वाचित गरेको छ । अधिवेशन उद्घाटन गर्दै नेकपा एमाले केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज धर्मदत्त देबकोटाले मिसन ०८४ सफल पार्नका लागि संगठन सुदृढ गर्दै एकतावद्ध र जनताको लागि काम गर्ने संगठनको रुपमा लाग्न आग्रह गर्नु भएको छ । उहाँले विकास र समृद्धि एमालेले मात्र गर्न सक्ने भएकोले एमालेमा गोलबद्ध हुन जनसमुदायलाई आग्रह गर्दै जनताको बहुदलिय जनबादलाई मार्गदर्शनको सिद्धान्त बनाएर जनपक्षिय रुपमा काम गर्न एमाले कार्यकर्ताहरुदलाई आग्रह गर्नु भएको थियो ।
सोहि अधिबेशलाई सम्बोधनको क्रममा नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले जनताको पार्टी एमाले भएकोले एमाले विना देश विकास असम्भव भएकोले जनतालाई एमालेलाई जिताउने अभियानमा लाग्न जनताका योजना एमालेले पुरा गर्ने बताउनु भएको थियो ।
त्यसैगरी नेकपा एमाले धादिङका सचिव राधिका सापकोटाले महिला, गरिब दलित जनजातीका लागि एमालेले गरिरहेका काम हाल रोकिएको भन्दै एमालेलेमात्र गाउँको विकास गर्न सक्ने उदाहरण २०७४को निर्वाचनपछि गाउँमा भएको विकासले देखाएको र अहिले रोकिएको अवस्थामा एमालेलेमात्र विकास गर्ने बताउनु भएको थियो ।
सात वडा रहेको गाउँपालिकामा एमालेले अधिवेशनबाट महिला ३३ प्रतिशत, दलित, जनजाती, र युवाहरुको समेत सहभागितामा पार्टी कमिटि गठन गरेको जनाएको छ ।

मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।