ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
लायन राजाराम रिजाल सम्मानित
धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन
धादिङबेशी । नीलकण्ठ नगरपालिकाले वडा न ३ मा रहेको नीलकण्ठ मावि.,बालमन्दिर मावि र ईजारा आविलाई एक आपसमा समायोजन गरि एउटै बिद्यालय बनाउने निणर्य गरेको छ ।
शुक्रबार बसेको नगर शिक्षा समितिको बैठकले नगरभित्रका चर्चित बिद्यालयहरुलाई मर्ज गर्ने एैतिहासिक निर्णय गरेको हो । बैठकले वडा न ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा बिद्यालय संचालन तथा ब्यवस्थापन कार्यदल गठन गरेको छ । समितिको सदस्यहरुमा धुव अधिकारी, कृष्ण बहादुर राउत, अम्बिका अधिकारी, बिष्णुु प्रसाद रिजाल, बाबुकृष्ण श्रेष्ठ, शिवराज रेग्मी, राधादेवी पौडेल र सदस्य सचिवको रुपमा प्रकाशदत्त भट्ट रहनु भएको छ ।
गठित समितिले आईतबार सम्म भौतिक पुर्वाधार, शिक्षक बिद्यार्थी अनुपातका आधारमा कक्षा कोठा ब्यवस्थापन तथा निर्धारण, जनशक्ती ब्यवस्थापन, आम्दानी खर्चको अवस्था लगाएतका बिषय समेटिएको बृस्तृत प्रतिवेदन पेश गर्न जिम्मेवारी दिएको छ ।
नगरसमितिले नगरपालिका अन्तरर्गतका सामुदायकि बिद्यालयका प्रअ छनोट खुल्ला प्रतिस्पर्धाबाट गराउने समेत निर्णय गरेको छ । त्यसका लागी पुर्वमुख्य सचिव डा. सोमलाल सुवेदीको संयोजकत्वमा छनोट समिति समेत गठन गरेको छ ।
नगर शिक्षा समितिले सामुदायिक र संस्थागत विदालयका सवै कक्षा दिउसोमा संचालन गर्ने र भर्ना अभियान यहि २ गते बाट सुरु गर्ने समेत निर्णय गरेको छ । त्यसैगरी नगर शिक्षा समितिले १२ कक्षा सम्म पुर्ण निशुल्क र सवै शिक्षकहरुको न्युनतम पारिश्रमिक नेपाल सरकारले तोकेको श्रम ऐन अनुसार प्रदान गर्ने समेत निर्णय गरेको छ ।
स–साना बिद्यालयमा बिद्यार्थी नहुँदा बिद्यालय गाभिने परिपाटीमा नीलकण्ठ नगरपालिकाले चर्चित र धेरै मात्रामा बिद्यार्थी भएको बिद्यालय मर्ज गर्ने निर्णयलाई नगरबासीले अर्थपुर्ण रुपमा हेरेका छन् । नगर समितिको यस किसिमको निर्णय शुक्रबार बेलुकी पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराईएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |