वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङबेशी । धादिङबेशीमा रहेको नीलकण्ठ बहुमुखी क्याम्पसबाट धादिङमा पहिलो पटक १८८ जना विद्यार्थी दिक्षित भएका छन् । शनिबार एक कार्यक्रमको आयोजना गरि क्याम्पसले कृक रिसोर्टमा जिल्लामै पहिलो पटक दिक्षान्त समारोह सम्पन्न गरेको हो ।
दिक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका नेपाली काँग्रेसका नेता डा.मिनेन्द्र रिजालले राजनीतिलाई युवा,विद्यार्थी र आम जनताले बालै फरर भनेको दिन देशको विकास हुने बताउनु भएको छ । युवाहरु राजनीतिमा आउनुपर्छ भन्ने पक्षमा आफु नरहेको भन्दै उहाँले युवा, विद्यार्थी र महिलाहरुले राजनीतिलाई बालै फरर भनेको दिन देशको विकास हुने बताउनुभयो । नीलकण्ठ बहुमुखी क्याम्पसको प्रथम दिक्षान्त समारोहलाई सम्बोधन गर्नुहुदै उहाँले दीक्षित भएका विद्यार्थीहरुले बाँकी जीवनमा प्रविधिलाई प्रयोग गरेर अघि बढ्नु पर्ने बताउनुभएको छ ।
नीलकण्ठ क्याम्पसले उत्पादन गरेको विद्यार्थी शनिबार दिक्षित हुँदा आफुलाई ज्यादै खुसी लागेको संघीय सांसद रामनाथ अधिकारीले बताउनुभएको छ । ठुलो मेहनतको साथ स्थापना गरिएको क्याम्पसबाट आज विद्यार्थीहरु दिक्षीत हुनुभएको देख्दा आफुलाई सबैभन्दा बढी खुसि तुल्याएको उहाँको भनाई छ ।
दिक्षान्त समारोहमा प्रदेश सांसद गोविन्द लम्साल, नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगाना,उप मेयर दिपक बिश्वकर्मा लगाएतको आतिथ्यता रहेको थियो ।
दिक्षान्त समारोह धादिङ जिल्लामा पहलिो क्याम्पसले पहिलो पटक गरेकोले यो दिक्षान्त समारोह एैतिहासिक भएको नीलकण्ठ क्याम्पसका नेपाली बिभागका प्रमुख डा. नविन बन्धु पहाडीले बताउनु भयो ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।