ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
लायन राजाराम रिजाल सम्मानित
धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन
धादिङबेशी । सिद्धलेक गाउँपालिकाको आयोजना तथा एस जोडी क्रियसन प्रा.ली.को संयोजनमा सिद्धलेक गाउँपालिकाको बिभिन्न बिद्यालयमा जनचेतना मुलक नाटक प्रदर्शनी गरिएको छ ।
राष्ट्रिय स्तरका कलाकारहरु सितादेवि तिमल्सेना, सुदिपबाबु खतिवडा, श्याम बुढाथोकी, दिपेश घिमिरे, माधव भुर्तेल र कल्पना खतिवडा लगाएतका कलाकारहरुले लागुपदार्थ दुर्व्यसनी बिरुद्ध सचेतना मुलक नाटक प्रदर्शन गरेका थिए ।
आज सिद्धलेक गाउँपालिका वडा न ५ मा रहेको बागबच्छला मावि, वडा न ७ मा रहेको महाकाली मावि र जालापादेवी आविमा सचेतना मुलक नाटक प्रदर्शनी गरिएको कलाकार सुदिपबाबु खतिवडाले बताउनु भयो ।
उहाँका अनुसार शुक्रबार नलाङ पात्ले मावि र अमर आदर्श माविमा उक्त सचेतना मुलक नाटक प्रदर्शनी हुनेछ । नाटकको लेखन तथा निर्देशन सितादेवि तिमल्सेना र सुदिपबाबु खतिवडाले गर्नु भएको छ ।
बिद्यालयमा यस किसिमको नाटक प्रदर्शनीले बिद्यार्थी बालबालिकाहरुलाई लागुपदार्थ दुर्व्यसनी बाट जोगाउन मद्धत पुग्ने र उक्त नाटकले बिद्यार्थीहरुमा लागुपदार्थ दुर्व्यसनी सम्बन्धी सचेतना अभिवृद्धि भएको बिद्यालयका शिक्षक तथा प्रधानाध्यापकहरुले बताएका छन् । लागुपदार्थ दुर्व्यसनी रोकथाम तथा नियन्त्रणका लागी प्रदर्शनी गरिएको नाटक उत्कृष्ट रहेको शिक्षकहरुको भनाई छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |