ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
लायन राजाराम रिजाल सम्मानित
धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन
धादिङबेशी । बच्छलादेवी मावि खनियाबास ५, सत्यदेवीको ४९ औँ बार्षिक उत्सव समारोह सम्पन्न भएको छ । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजु प्राखिनको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका खानेपानी उर्जा,तथा सिचाई मन्त्रि तीर्थ बहादुर लामाको प्रमुख आतिथ्यता तथा गाउँपालिकाका अध्यक्ष रण बहादुर तामाङको बिशेष आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रममा बच्छलादेवी भुपु बिद्यार्थी समाजका अध्यक्ष बम बहादुर तमाङ, समाजका सचिव तथा शितल छहारी नेपालका अध्यक्ष कृष्ण बहादुर पौडेल तथा समाजका सदस्य शिवहरी सापकोटाको आतिथ्यता रहेको थियो ।
बार्षिक उत्सवको समारोहमा भुपु बिद्यार्थी समाज द्धारा बिद्यालयलाई ७ लाखको बराबरको न्यानो कपडा र स्टेशनरी हस्तान्तरण गरिएको छ ।उक्त समानहरु मध्ये शिवहरि सापकोटा द्धारा ४ लाख ५३ हजार बराबरको सामान र अन्य अरु अन्य सदस्यहरु बाट संकलन गरिएको हो । बार्षिक उत्सव कै अवसरमा गणेश हिमाल फाउन्डेशनका अध्यक्ष शिवहरि रिजाल द्धारा २२ जना बिद्यार्थीलाई जनही ५ हजारका दरले १ लाख १० हजार छात्रावृद्धि प्रदान गर्नु भएको थियो ।
बिद्यालयले बार्षिक उत्सवकै अवसर पारेर ११७ रोपनी जग्गादाता रिजाल परिवार लगाएत अन्य सहयोगी संघ संस्था तथा ब्यक्तिहरुलाई समेत सम्मान गरेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै बागमती प्रदेशका मन्त्रि खानेपानी उर्जा,तथा सिचाई मन्त्रि तीर्थ बहादुर लामाले बिद्यालयमा २५ लाखको खानेपानी योजनालाई यसै बर्षमा कार्यान्वयनमा ल्याउने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजु पाख्रिनले कार्यक्रमा सहयोगी दाताहरु सवैमा धन्यावाद प्रकट गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्नु भएको छ । बिद्यालयका प्रअ चित्र बहादुर गुरुङले बिद्यालयको भावि कार्ययोजना प्रस्तुत गर्नु भएको थियो । बिद्यालयले बार्षिक उत्सवमा मनमाया वाईवा,उर बहादुर तामाङ लगाएत कलाकारको सास्कृतिक कार्यक्रम समेत गरेको थियो ।
भुपु बिद्यार्थी समाजका अध्यक्ष बम बहादुर तामाङले आगामी बर्ष देखि ५ लाख बराबरको अक्षयकोष स्थापना गरि छात्रावृद्धि प्रदान गर्ने घोषणा गर्नुभएको समाजका सचिव कृष्ण बहादुर पौडेलले जानकारी दिनु भयो ।



निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |