ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
लायन राजाराम रिजाल सम्मानित
धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन
धादिङबेशी । ज्वालामुखी गाउँपालिका धादिङमा पालिका स्तरिय राष्ट्रपति रनिशिल्ड प्रतियोगिता सुरु भएको छ । शनिबार एक बिशेष कार्यक्रमको आयोजना गरि राष्टपति रनिशिल्ड प्रतियोगिता सुरु गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष यामनाथ दनै द्धारा उद्द्धाटन गरिएको पालिका स्तरिय प्रतियोगिता पौष २ गते सम्म संचालन हुने छ ।
सिद्धलेक गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधि मिन्दुका माविलाई
सिद्धलेक गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधि मिन्दुका माविले जितेको छ । ७ स्वर्ण,२ रजत र ३ कास्य पदक सहित सिद्धलेक–१ नलाङ बैरेनीको मिन्दुका माविले उपाधि जितेको हो ।
प्रतियोगितामा सत्यवती माविले ५ स्वर्ण, ६ रजत र ३ कास्य पदक जित्दै दोस्रो भएको छ । ५ स्वर्ण,५ रजत र ५ कास्य पदक सहित नलाङ पात्ले मावि तेस्रो भएको छ । महाकाली माविले ४ स्वर्ण,४ रजत र २ कास्य पदक चौथो र सिद्धेश्वर माविले ३ स्वर्ण, ३ रजत र ४ कास्य पदक पाचौ हुन सफल भएको छ ।
प्रतियोगितामा बिजयी विद्यार्थी तथा विद्यालयहरुलाई बागमती प्रदेश सभा सदस्य मधु कुमार श्रेष्ठले शिल्ड,प्रमाणपत्र र मेडलद्धारा पुरस्कृत गर्नुभएको थियोे । प्रथम, द्धित्तिय र तृतिय हुनेलाई क्रमश नगद ३० हजार,२५ हजार र २० हजार प्रदान गरिएको छ ।
गजुरीको राष्ट्रपति रनिङ शिल्डको उपाधि डोलभन्ज्याङ माविले जित्यो
गजुरी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा डोल भन्ज्याङ मावि प्रथम भएको छ । प्रतियोगितामा डोलभन्ज्याङ मा.विले ६ स्वर्ण, ५ रजत र ४ कास्य सहित १५ मेडल सहित प्रथम भएको हो ।
त्यसैगरी आदर्श मावि, गजुरी ११ पदक सहित दोस्रो भएको छ । मंसिर २७ देखि संचालन भएको माध्यामिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको हो ।
गल्छीमा चौंथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सकियो
गल्छी गाउँपालिका वडा नं ८ स्थित छाङ्गेश्वर मन्दिर परिसरमा चौंथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । २६ खेल विधा मध्य ९ स्वर्ण, ४ रजत र २ कास्य पदक जित्दै गल्छी गाउँपालिका वडा नं १ को सरस्वती माध्यमिक विद्यालय चौंथो राष्ट्रपति रनिङ शिल्डमा प्रथम भएको छ ।
यस्तै वडा नं ४ स्थित जनकल्याण माध्यमिक विद्यालय ५ स्वर्ण २ रजत १० कास्य पदक जित्दै द्वितीय र वडा नं ५ स्थित अमन्तादेवी माध्यमिक विद्यालय ४ स्वर्ण २ रजत ३ कास्य जित्दै तृतीय भएको छ । यसै गरी वडा नं ६ स्थित बागेश्वरी माध्यमिक विद्यालय ३ स्वर्ण २ रजत २ कास्य जित्दै चौंथो र वडा नं ६ कै सक्सेस एकेडेमी ३ स्वर्ण २ रजत जित्दै पाँचौं भएको थियो ।
तिन दिन सम्म सन्चालन भएको प्रतियोगितामा गल्छी गाउँपालिकाका ९ माध्यामिक विद्यालयले सहभागिता जनाएको थियो ।
धुनिवेशी नगरपालिकामा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि भुवनेश्वरी माविलाई
धादिङको धुनिवेशी नगरपालिकामा सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भुवनेश्वरी माध्यमिक विद्यालयले उपाधी जितेको छ । भुवनेश्वरीले १४ स्वर्ण १० रजत र १० कास्य सहित उपाधी जितेको हो ।
यस्तै ७ स्वर्ण ८ रजत ९ कास्य सहित मच्छिन्द्र माध्यमिक विद्यालय प्रतियोगितामा दृतिय भएको छ । यस्तै ६ स्वर्ण ५ रजत ४ कास्य सहित महादेवस्थान माध्यमिक विद्यालय तृृतिय भएको छ । प्रतियोगितामा प्रथम, दृतिय र तृतिय भएका विद्यालय र सहभागी विद्यार्थीहरुलाई शिल्ड, मेडल र प्रमाणपत्र सहित सम्मान गरिएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |