कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
धादिङबेशी । गङ्गाजमुना गाउँपालिकाको कृषि तथा पशु विकास शाखाको आयोजनामा गाउँपालिकाको कृषकहरूलाई माटो जाँच र कृषि तथा पशु बिमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
वडा नं १ र २ मा सम्पन्न भएको कार्यक्रम बाँकी वडाहरूमा सञ्चालन हुने क्रममा छ । कार्यक्रममा माटो जाँच गर्नुको फाइदा, माटो जाँचको लागि नमुना संकलन विधि सिकाएको छ । उक्त कार्यक्रमले माटोको अम्लियपना, क्षारियपना, बालीवस्तुलाई आवश्यक पर्ने खाद्य तत्वको मात्रा पत्ता लगाई माटो प्रदूषण हुनबाट बच्न सहयोग गर्ने तथा माटोको गुणस्तर कायम राख्न मद्दत गरी आवश्यकतानुसार मलखादको सही व्यवस्थापनमा सहयोग पुर्याई कृषि उत्पादन र उत्पादकत्व बढाउने विश्वास लिएको छ । गङ्गाजमुना गाउँपालिकाको विभिन्न वडामा नमुना सङ्कलन गरी माटो परीक्षणको क्रममा रहेको छ ।
कृषि तथा पशुपंक्षी व्यवसायमा संलग्न कृषकहरूलाई बीमा सम्बन्धी जानकारी तथा प्रोत्साहन स्वरुप कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा पशुपंक्षी बीमाबाट पशुपालन क्षेत्रलाई विस्तार एवम् प्रवर्धन गर्ने, पशुपंक्षी व्यवसायीहरुको हुन सक्ने सम्भावित जोखिमको न्यूनिकरण गरी व्यवसायिक पशुपालन तर्फ आकर्षित गर्न सहयोग गर्ने, पशुपालन क्षेत्रमा नीजि तथा सहकारी क्षेत्रको लगानी आकर्षित गर्ने, पशुपालन क्षेत्रमा लगानीलाई प्रोत्साहन गर्ने, पशु उत्पादनलाई वृद्दि गरी आयातलाई प्रतिस्थापन गर्ने बीमाका प्रमुख उदेश्यहरु बारे छलफल भएको पशु विकास शाखा प्रमुख निरञ्जना चौधरीले जानकारी दिनु भयो ।
कार्यक्रममा उपस्थित शिखर ईन्सुरेन्सका, धादिङको प्रतिनिधि राजकुमार आले मगर र राजकुमार शाक्यबाट “जोखीम, बीमा तथा बीमाको सैद्धान्तिक पक्ष” बिषयमा जानकारी मुलक प्रस्तुतिकरण दिएका थिए । उनीहरूले व्यवसाय र पशुपंक्षीमा हुने जोखीम, खतरा तथा जोखीम व्यवस्थापन गर्ने विधि तथा क्षतिपूर्तिको अवस्था लगायत बीमा दावि गर्ने प्रकृयाहरु बारे जानकारी मुलक प्रस्तुतिकरण दिनु भएको थियो ।
गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत अनिल श्रेष्ठले आफ्नो व्यवसाय सुरक्षि होस् या भविश्यमा आउनसक्ने जोखिम न्युनिकरण गर्न पशु बीमा गर्न आवश्यक रहेको र तालिममा सिकेको ज्ञान र अनुभव लिने मात्र नभएर व्यवहारमा लागु गर्दा व्यवसायले थप सफलता पाउने विश्वास व्यक्त गर्नु भयो ।
गङ्गाजमुना गाउँपालिका अध्यक्ष भक्त बहादुर लामाले पशुहरुमा लाग्ने किटजन्य रोग, आँधीहुरी, बाढि, पहिरो, महामारी जस्ता विपद्ले व्यवसायमा क्षतिहुने जोखिमका सम्भावनाहरु बारे जानकारी प्रदान गर्न बजेट विनियोजन गरी कार्यक्रम आयोजना गरेको बताउनुभयो ।

मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।