काठमाडौँ, १८ असोज ।
विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएका सात सय ६० सम्पदाको पुनः निर्माण सकिएको पुरातत्व विभागले जनाएको छ । भूकम्पले ३२ जिल्लाका नौ सय २० सम्पदामा क्षति पुर्याएको थियो ।
हाल ५० सम्पदा पुनः निर्माण भइरहेको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा ३० सम्पदाको पुनःनिर्माण सुरु गर्न बजेट विनियोजन भएको उहाँले बताउनुभयो ।
भूकम्पले एक सय वर्षभन्दा पुराना दुई सय १५ गुम्बामा क्षति पुर्याएको जनाउँदै कुँवरले ती मध्ये २५ वटाको पुनःनिर्माण भइरहेको बताउनुभयो। बाँकीको पुनः निर्माणका लागि पहल भइरहेको विभागले जनाएको छ । सम्पदा पुनः निर्माणका लागि काठ, इट्टा लगायत निर्माण सामग्री नपाइने समस्याका कारण काममा ढिलाइ भएको प्रवक्ता कुँवरको भनाइ थियो ।
विसं २०७६ चैत ११ पछि विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका समयमा गरिएको बन्दाबन्दी, खरिद प्रक्रिया लामो हुनु, बजेट पर्याप्त नआउँनु लगायत कारणले पनि काममा ढिलाइ हुने गरेको विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले बताउनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |