धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,१७ असोज
नीलकण्ठ नगरपालिकाद्वारा सन्चालित तिन महिने आधारभुत गलैँचा बुनाई तालिम आज सम्पन्न भएको छ । समृद्ध नीलकण्ठ नगरको आधार कृषि पर्यटन उद्यमशीलता सहितको पुर्वाधार भन्ने नाराको साथमा सम्पन्न भएको गलैचा बुनाई तालिम गत जेठ २५ देखि भाद्र २५ गते सम्म सञ्चालन भएको थियो । गलैँचा बुनाई तालिममा जम्मा ४० जनाको सहभागीता रहेको थियो ।नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाले महिलाहरुको क्षमता अभिबृद्धी गर्नको लागि नगरपालिकाले विभिन्न कार्यक्रम सन्चालन गरीरहेको बताउनुभयो । अन्य वडामा भन्दा वडा नम्बर ८ मा सिप मुलक तालिम सन्चानल भएको भन्दै उहाँले सिकेको कुरा व्यवहारमा लागु गर्नको लागि आग्रह गर्नुभएको छ । गलैचा बुनाई तालिममा सहभागिहरुले आगामी दिनमा प्रशिक्षक भएर अन्य वडामा जान आग्रह गर्दै त्यसको लागि नीलकण्ठ नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले रोजगार प्रबद्धन गर्ने उदेश्यले नीलकण्ठ नगरपालिकाले १४ वटै वडाहरुमा मेयर उद्यमशिलता कार्यक्रम सञ्चालन गरेको बताउनु भयो । मेयर उद्यमशिलता कार्यक्रममा तालिम प्राप्त व्यक्तिहरु मात्र जोडिन पाउने भएकोले गलैचा बुनाई तालिममा सहभागिहरु सजीलोसँग यो कार्यक्रममा जोडिन सक्ने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । यसैगरी तालिममा सहभागीहरुलाई धन्यवाद दिदै वडा अध्यक्षले आगामी दिनमा उधमशिलताको प्रबर्द्धन गरि स्थानिय स्तरमा उत्पादन र स्वरोजगारी सिर्जना गर्नु आफ्नो मुख्य उदेश्य रहेको बताउनुहुदै यहि बर्ष देखि कृषि उपजहरुको मूल्य शृङ्खलामा आधारित बजारीकरण कार्यक्रम, उधमशिलता कार्यक्रम र युवाहरुको सिपमुलक रोजगारीका लागि सीपमूलक तालिमहरु सन्चालन गरिने जानकारी दिनुभयो ।

स्थानिय तहले सञ्चालन गरेको गलैचा बुनाई तालिममा सहभागि हुन पाउदा आफुहरुलाई निकै खुसी लागेको र आगामी दिनमा यस्ता तालिमले आर्थिक टेवा पुग्ने बताएका छन् । नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष प्रकास कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद डुगानाको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा नेत्रावती डबजोङ गाउपालिकाका उपाध्यक्ष सितामाया गुरुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी सल्लाहकार दिपक कोइराला वडा सचिव लक्ष्मण पौडेल लगायतको आतिथ्यता रहेको थियो । सहभागीहरुलाई प्रमुख अतिथीले प्रमाण पत्र वितरण गर्नुभएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |