कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
नीलकण्ठ समचारदाता । नीलकण्ठ नगरपालिका वडा नं ५ स्थित फ्याक्सेमा कानुनी साक्षरता कार्यक्रम संचालन भएको छ । खाल्टे सामुदायिक सिकाई केन्द्रको आयोजनामा शुक्रबार कानुनी साक्षरता कार्यक्रम संचालन भएको हो ।
४ वटा आयोजना समुहबाट ३० जनाको सहभागिता रहेको कार्यक्रममा घरेलु हिंसा कसरी हुन्छ ? को बाट हुन्छ ? के गर्यो भने हुन्छ ? र हिँसा भइहाल्यो कहाँ उजुरी गर्ने ? केके गर्ने लगायतका विषयमा धादिङ बार एसोसिएसनका पुर्व अध्यक्ष तथा मानव अधिकार संगठन धादिङका अध्यक्ष कृष्ण राज अधिकारीले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका नीलकण्ठ नगरपालिका वडा नं ५ का वडा अध्यक्ष राम बहादुर श्रेष्ठले वडामा संचालन भएको कार्यक्रम उपब्धिमुलक भएको भन्दै खाल्टे सामुदायिक सिकाई केन्द्रलाई आफुले सकेसम्मकोे सहयोग गर्ने बताउनुभएको छ । सामुदायिक सिकाई केन्द्र अन्तर्गतका आयोजना समुहमा रहने दिदी बहिनीहरुलाई कानुनी प्रावधानहरुका विषयमा जानकारी दिनको लागि कार्यक्रम संचालन गरिएको सिकाई केन्द्रका अध्यक्ष नेम बहादुर श्रेष्ठले बताउनुभयो । उहाँले आगामी दिनमा बचतको कार्यक्रम, कानुनी साक्षरता कार्यक्रम र सिप मुलक कार्यक्रमहरु संचालन गरिने समेत बताउनुभएको छ । केन्दले प्रत्येक वर्ष कानुनी साक्षरता कार्यक्रम संचालन गदैँ आएको उहाँको भनाई छ ।
खाल्टे सामुदायिक सिकाई केन्द्रका अध्यक्ष नेम बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नीलकण्ठ नगरपालिका वडा नं ५ का अध्यक्ष राम बहादुर श्रेष्ठको प्रमुख आतिथ्य तथा धादिङ बार एसोसिएसनका पुर्व अध्यक्ष कृष्ण राज अधिकारीको विषेश आतिथ्य रहेको थियो ।






मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।