ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
लायन राजाराम रिजाल सम्मानित
धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन
नेत्रावती डवजोङ समाचारदाता । धादिङको नेत्रावती डवजोङ गाउँपालिका वडा नं. १ मा अवस्थित निमार्चोक आधारभूत बिद्यालयका ८५ जना बिद्यार्थीहरुलाई निशुल्क बिद्यालय पोषाक बितरण गरीएको छ ।
ट्रयाक सुट र भेष्ट सहितको पोषाक बिहिबार एक कार्यक्रमकाबीच स्थानिय समाजसेवी निरञ्जना मा.बिका पुर्व विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा दिब्यदर्शन टेलिभिजनका प्रबन्ध निर्देशक उत्तम कुमार अधिकारी र उहाँकी धर्मपत्नि लक्ष्मी अधिकारीको आर्थिक सहयोगमा बिद्यार्थीहरुलाई पोसाक बितरण गरिएको हो ।
आफ्नो गाउँको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न विद्यार्थीहरुलाई नियमित बिद्यालय उपस्थित हुन प्रोत्साहन गर्ने उद्देश्यले बिद्यालयमा नै पुगेर समाजसेवी दम्पतीले उक्त सहयोग गर्नु भएको हो । पोशाककै कारण विद्यालय गयल हुने समस्या हटोस् भन्ने हाम्रो अभिप्राय हो, समाजसेवी दम्पतीको भनाई छ ।
लामो समयदेखि शैक्षिक क्षेत्रमा योगदान पु¥याउदै आउनुभएको उत्तम अधिकारीले आफनो स्वर्गिय मातापिताको नाममा चन्द्र बहादुर बुनादेवी अक्षयकोष स्थापना गरी बिभिन्न बिद्यालयका विपन्न र जेहेनदार बिद्यार्थीहरुलाई नि ःशुल्क बिद्यालय पोषाक वितरण लगायत आर्थिक सहयोग समेत गर्दै आउनुभएको छ ।
निशुल्क विद्यालय पोशाक बितरण कार्यक्रममा नेत्रावती डवजोङ गाउपालिकाका प्रवक्ता तथा वडा न १ का वडा अध्यक्ष ठाकुर गुरुङ,विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लगाएतको आतिथ्यता रहेको थियो । बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरु निशुल्क रुपमा पोसाक पाएपछि खुसी भएका छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |