प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङको गजुरी गाउँपालिका–१ मा पहिराले अवरुद्ध भएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ । वर्षाका कारण सडकमाथिबाट खसेको लेदो र पहिराले साडे चार बजेदेखि अवरुद्ध भएको राजमार्ग नेपाली सेना र स्थानीयको सहयोगमा सडक विभागले पहिरो पन्छाएर सवारी सञ्चालनमा ल्याएको हो ।
गजुरी गाउँपालिकाको कार्यालयभन्दा केही पर पहिरो खसेको थियो । पहिराले सडकमाथिबाट ढुङ्गामाटो र रुख सडकमा थुप्रिएका थिए । त्यो सबै हटाएर सवारी सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक मदनबहादुर कुँवरले जानकारी दिनुभयो । राजमार्ग क्षेत्रमा बिहानैदेखि अविरल रुपमा पानी परिरहेको छ । पृथ्वी राजमार्गको मुग्लिनदेखि नागढुङ्गासम्मका सडक वर्षातको पानीले ठाउँठाउँमा हिलाम्मे भएको छ ।
खाल्डोखुल्डी परेको स्थानमा पानी जमेका कारण सवारीलाई त्यस्ता दुरी पार गर्न निकै कठिनाइ पर्ने गरेको छ । सडक स्तरोन्नतिको क्रममा साँघुरा सडक चौडा गरिँदै गरेको र घुम्ती काटिँदै गरेको स्थानहरुमा अझ जोखिम बढेको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |