धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,२० साउन
बागमती प्रदेशका सामुदायिक विद्यालयमा सिक्दै कमाउँदै एवं कमाउँदै सिक्दै कार्यक्रम सुरु गरिने भएको छ । प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको शिक्षा विकास निर्देशनालय हेटौँडाले चालु आर्थिक वर्षमा यो कार्यक्रम लागू गर्न लागेको हो ।शिक्षा व्यावहारिक र जीविकोपार्जनसँग जोड्ने उद्देश्यले प्रदेशका विद्यालयमा निर्देशनालयले कूल रु एक करोड ८१ लाख ५० हजार खर्च गरेर विद्यालयमा आएका विद्यार्थीलाई जीविकोपार्जनमा जोड्ने गरी कार्यक्रम गर्न लागेको शिक्षा विकास निर्देशनालय हेटौँडाका निर्देशक पूर्णबहादुर दर्जीले जानकारी दिनुभयो।
यो कार्यक्रम लागू गर्न कार्यविधि बन्ने चरणमा रहेको छ।विशेषगरी विद्यार्थीलाई कृषि र प्रविधिसँग जोड्ने कार्यक्रमका लागि लगानी गर्ने र त्यसबाट भएको आम्दानीको ५० प्रतिशत विद्यालयको कोषमा राख्ने र ५० प्रतिशत विद्यार्थीलाई उपलब्ध गराउने गरी कार्यक्रम गर्न लागिएको निर्देशक दर्जीले बताउनुभयो । सामुदायिक विद्यालयले विद्यार्थीलाई कृषि र पशुपालनसँग सम्बन्धित काम गराउनका लागि सहज हुने र यसै कार्यक्रममा पनि जोड दिइएको उहाँले बताउनुभयो ।
गत आवमा यो कार्यक्रम सामाजिक विकास मन्त्रालयले गरेको र चालु आवमा भने यो कार्यक्रम निर्देशनालयले गर्न लागेको जनाइएको छ।विद्यार्थी विद्यालयमा पढेर बाहिर निस्कँदा जीविकोपार्जन गर्न सकोस् भन्ने उद्देश्यले यो कार्यक्रम सुरु गर्न लागिएको बताइएको छ । अबको दिनमा कुन काम गर्न चाहेको हो विद्यालयसँग आवेदन माग गरेर यो कार्यक्रम लागू गरिने निर्देशनालयले जनाएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |