प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ,१२ साउन ।
हिमाअस एजुकेशन कन्सल्टेन्सी–धादिङले वैदेशिक अध्ययनसँग सम्बन्धित शैक्षिक परामर्श मेला आयोजन गर्ने भएको छ । शैक्षिक परामर्शदाताको रुपमा विश्वसनिय सेवा दिदै आइरहेको हिमाअस एजुकेशन कन्सल्टेन्सी धादिङले साउन १६ गते बैदेशिक अध्ययनसँग सम्बन्धित शैक्षिक परामर्श मेला आयोजना गर्न लागेको हो। बिहान ११ बजेर ३० मिनेटपछि आफ्नै कार्यालय, शान्तबजारमा वैदेशिक अध्ययनसँग सम्बन्धित शैक्षिक परामर्श मेला आयोजना गर्न लागिएको कन्सल्टेन्सी सन्चालक उत्तम सापकोटाले जानकारी दिनुभयो ।
कक्षा १२ को परिक्षा दिएर परिक्षाफल कुरीरहेका किशोर–किशोरीहरुदेखि स्नातक तह र सोभन्दा माथिसम्म अध्ययन गरेकाहरुलाई लक्षित गरेर मेलाको आयोजना गरीएको हो । वैदेशिक अध्ययनमा आकर्षीत देखीएकोले वैदेशिक अध्ययनसँग सम्बन्धित सही र यथार्थ जनाकारी गराउने उद्देश्यले उक्त मेलाको आयोजना गर्न लागिएको सापकोटाले जानकारी दिनुभयो । उक्त मेलामा विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालाले अन्तराष्ट्रिय शिक्षा सम्बन्धि सहि जानकारी र परामर्श पाउने सञ्चालक सापकोटाको दावी छ।आयोजक टिमले यस मेलामा वैदेशीक अध्ययनबारे जानकारी प्रदान गर्न अष्ट्रेलिया, बेलायत, क्यानडा र जापानका कलेज तथा विश्वविद्यालयका प्रतिनिधीहरु सहभागी गराउने भएको छ ।
नेपाली विद्यार्थीलाई वैदशीक अध्ययनसँग सम्बन्धित पर्याप्त सूचना प्रवाह गर्नुका साथै विदेशी शैक्षिक संस्थाहरु, विश्वविद्यालयहरु र त्यहाँ प्राप्त हुन सक्ने छात्रवृत्ति, सुविधा एवम् गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीको पहुँचको लागि परामर्श सेवा प्रदान गर्ने यस मेलाको प्रमुख उद्देश्य रहेको छ । मेलामा वैदेशिक अध्ययनमा जाने हरेक विद्यार्थी तथा तिनका अभिभावकहरुको लागि, अन्तर्राष्ट्रिय शैक्षिक क्षेत्रका नविनतम जानकारी, विभिन्न देशका शिक्षा नीतिहरु, नीतिमा आएका परिवर्तनहरु, रहन सहन, हावा पानी, बातावरण, कलेज एवमं देश अनुसारको शुल्क तथा विदेश अध्ययनका लागि जाने नेपालि विद्यार्थीहरुका लागि चाहिने सवै विषयवस्तुहरुमा यथार्थ जानकारी लिन उक्त मेला उचित थलो हुने हिमाअस एजुकेशन कन्सल्टेन्सीले विश्वास लिएको छ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |