धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ ११, साउन
धादिङको नीलकण्ठ नगरपालिकाले लामखुट्टेको बासस्थान नै नष्ट गर्ने कार्यक्रम सुरु गरेको छ । पछिल्लो समय डेंगुको संक्रमण बढ्दै जान थालेपछि लामखुट्टेको वासस्थानको खोजी गरेर नष्ट गर्ने कार्यक्रम सुरु गरीएको बरिष्ठ जनस्वास्थ्य अधिकृत विष्णु रिजालले जानकारी दिनुभयो । नीलकण्ठ नगरपालिकाको स्वास्थ्य शाखाले ‘लामखुट्टे खोज अनि नष्ठ गर’ भन्ने अभियानअन्तर्गत त्यसका अण्डा र लार्भालाई नष्ट गर्न बिषादी छर्कने काम सुरु गरेको हो । बुधबारबार नीलकण्ठ नगरपालिकाले जिल्ला अस्पताल धादिङ भित्र र बाहिर,त्रिवेणी चोक लगायत बिच बजार वरपर लामखुट्टेको वासस्थान खोज्दै बिषादी छर्कने काम सम्पन्न भएको हो ।नीलकण्ठ नगर प्रहरीले (फगिङ) औषधी छर्कन सुरु गरेका हुन् । बिहिबार पुछार बजार पेट्रोलपम्प वरपर बिषादी छर्कने कार्यक्रम रहेको रिजालले जानकारी दिनुभयो ।
नगरबासीहरुको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने हाल ईन्डोनेसीयामा रहनुभएका नगर प्रमुख भीम प्रसाद ढुंडानाले जानकारी दिनुभयो । अनलाईन मार्फत भएको कुराकानीमा ढुंगानाले अरु विकास निर्माणको काम रोकेर भएपनि नगरबासीको जीउ धनको रक्षाको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । म हाल कार्यक्रमको लागि ईन्डोनेसीयाको जाकार्तामा छु,उहाँले भन्नुभयो“ नीलकण्ठमा डेंगु संक्रमण बढीरहेको छ । यसको न्युनीकरण गर्नको लागि सबै नगरबासीको सहयोग र साथको आवश्यकता छ ।मैले कर्मचारीहरुलाई निर्देशन दिएको छु, डेंगु नियन्त्रण गर्ने काममा केहि कुराको कमी नहोस भनेर भनेको छु । म केहि दिनमा आउछु र विशेष योजना बनाएर काम गर्ने छु।” एक जनाको प्रयासले मात्रै डेंगु नियन्त्रण गर्न नसकिने भन्दै ढुंगानाले सम्पुर्ण सरोकारवाला निकाय र नगरबासीहरुबिचको सहकार्य र समन्वय हुनु आवश्यक रहेको बताउनु भएको छ ।डेंगु संक्रमण हुने जिल्ला मध्ये धादिङ दोस्रो स्थानमा परेको छ ।बुधबार मात्र एकै दिन जिल्लामा ५० जनामा डेंगु संक्रमण पुष्टि भएको थियो ।जिल्लाभरी अहिलेसम्म तीन सय भन्दा बढीमा डेंगुको संक्रमण देखिएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |