ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
धादिङ– धादिङका बाँदरपीडित किसानहरुले धादिङबेसीमा विरोध र्याली गरेका छन् । ‘सबै किसान एक हौँ, बाँदरको समस्या समाधान गर, बाँझो बारीको क्षतिपुर्ति दे, राष्ट्रको सान किसानको सम्मान’ भन्ने लगाएतका नारा लगाउदै जुलुस गरेका हुन् ।
धादिङको नीलकण्ठ नगरपालिका, ज्वालामुखी र त्रिपुरासुन्दरी गाँउपालिकाका बाँदर पीडित किसानहरुले सम्बन्धित कार्यालयहरुको ध्यानाकर्षण गराउदै ज्ञापनपत्र पनि बुझाएका छन् । बाँदरले नष्ट गराएको बाली समेत बोकेर र्यालीमा उत्रिएका किसानहरुले कृषि ज्ञान केन्द्र, डिभिजन वन कार्यालय, जिल्ला प्रशासन कार्यालयमा बाँदर नियन्त्रण गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।
बाँदरले खेतबारीमा मात्रै नभएर घरमा राखेको अन्नबालीमा समेत क्षति गरेको नीलकण्ठ नगरपालिका वडा नं ९ का तिल प्रसाद लम्सालले बताए । बाँदरबाट आजित किसानले बर्षेनी सरोकारवालालाई जानकारी गराउँदा पनि किसानको माग सुनुवाइ नभएको र समस्या ज्यूँका त्यूँ भएको लम्सालको भनाई छ ।
नीलकण्ठ नगरपालिका वडा नं ९ कै नवराज दुवाडीले बाँदर आतङ्ककै कारण कतिपय ठाँउमा खेतीयोग्य जमिननै बाँझो बनेको बताए । बारम्बार स्थानिय प्रशासन, कृषि, बन लगाएतका निकायलाई गुर्हादा पनि सुनवाई नभएको भन्दै आक्रोश व्यक्त गरे । हुलमा आउने बाँदरहरुले अन्नबाली नाससँगै महिला, केटाकेटीलाई आक्रमण समते गर्ने भएकोले झन समस्या भएको कुमारी दुवाडीले बताइन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |