ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
धादिङ– धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ शान्तबजारबाट २ सय २५ किलो बिभिन्न प्रकारको रुवी ढुङ्गासहित एकजना पक्राउ परेका छन् ।
खनियाबास गाउँपालिकास्थित रिगाउँ घर भई हाल शान्तबजार बस्दै आएका ७२ वर्षीय गंगा बहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
गुरुङले आफ्नै घरमा जीवन पत्थर सेन्टर नामक पसल खोली अबैध रुपमा बिभिन्न प्रकारको रुवी ढुङ्गा उत्खनन, ओसारपसार तथा संकलन गरी बिक्री बितरण समेत गर्ने गरेको भन्ने सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए ।
उनको घर पसल खान तलासी गर्दा बिभिन्न प्रकारका पत्थर र धातु जडित औंठीहरु ३१ थान, कटिङ गरी सकेको २ सय २५ किलो १५० ग्राम बिभिन्न रङ र आकारका रुवी ढुङ्गा जस्तो पदार्थ बरामद गरिएको छ । पक्राउ परेका गुरुङलाई आवश्यक कारवाहीको लागि तालुक खानी तथा भु–गर्भ विभाग लैनचौर काठमाण्डौ पठाइएको जैसवारले बताए ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |