धादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ता
धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर
अन्तराष्ट्रिय शहरी सन्जालको सह-अध्यक्षमा नगर प्रमुख भीमप्रसाद ढुंगाना निर्वाचित,नगरको विकासमा टेवा पुग्ने विश्वास
आजको मौसम : कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
धादिङमा आफ्नै छोराद्धारा आमाको हत्या
निरञ्जना माध्यमिक विद्यालयमा छात्रवृत्ति कोष स्थापना
नेपालभर भारतीय फिल्म ‘आदिपुरुष’को प्रदर्शन रोक्ने निर्णय गरिएको छ । ‘आदिपुरुष’ फिल्मको नेपाल वितरक कम्पनी ब्यांकटेस फिल्म्सले सोमबारदेखि नेपालभर प्रदर्शन रोक्ने निर्णय गरेको हो । निर्णय भएसँगै ‘आदिपुरुष’को नेपालभर प्रदर्शन रोकिएको छ ।
काठमाडौं महानगरपालिकाले आफ्नो नगरभित्र सोमबारबाट प्रदर्शन रोक्ने जनाइसकेको थियो । काठमाडौं महानगरसँगै अन्य पालिकाले समेत ‘आदिपुरुष’ प्रदर्शनमा रोक लगाउने निर्णय भइरहेका बेला नेपाल वितरक कम्पनी ब्यांकटेसले नै नेपालभर प्रदर्शन रोक्ने निर्णय गरेको हो ।
‘आदिपुरुष’मा ‘जानकी भारतकी छोरी’ भन्ने शब्द समावेश गरिएपछि काठमाडौं महानगरले उक्त शब्द फिल्मबाट हटाउन तीनदिनको समय दिएको थियो । तर, नेपालमा मात्र हटाएपछि महानगरले सोमबारबाट प्रदर्शनमा रोक लगाएको थियो ।
रोक लगाइएको आधिकारिक पत्र आउनुअघि नै हल व्यवसायीले फिल्म प्रदर्शन रोकेकोप्रति आपत्ति जनाउँदै वितरक कम्पनी ब्यांकटेसले नेपालभरबाट फिल्म उतार्ने निर्णय गरेको हो ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |