ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
लायन राजाराम रिजाल सम्मानित
धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन
धादिङ । धादिङको नेत्रावती डवजोङ गाउपालिकाले बिद्यालयमा अध्ययनरत किशोरकिशोरीहरुलाई मनोपरामर्श तालिम संचालन गरेको छ ।
शुक्रबार नेत्रावती डवजोङ गाउपालिका वडा न ३ स्थित चौतारा मावि र वडा न ५ स्थित महेन्द्र बाराहि माविमा मनोपरामर्श तालिम सम्पन्न भएको हो ।
मनोसामाजिक परामर्श तालिममा सहभागी किशोर किशोरीहरुलाई मनोसामाजिक क्षेत्रका बिज्ञ सुजन श्रेष्ठ ,स्वास्थ्य शाखा प्रमुख कृष्ण बहादुर पौडेल र मनोविमर्श कर्ता बद्री अधिकारीले सहजीकरण गर्नु भएको थियो । तालिममा नेत्रावती डवजोङ गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरेराम शाह, शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख डोलमाया तामाङ लगाएतको आतिथ्यता रहेको थियो ।
धाादिङ मनोसामाजिक संस्था नेपालको समन्वयमा भएको तालिममा मनोसामाजिक समस्या, समस्याका कारणहरु,लक्षण,अवलम्बन गर्नुपर्ने उपाय,विद्यालयमा जाने किशोरी किशोरीहरुमा देखिने समस्या,असर, तनाव ब्यवस्थापन लगाएतको बिषयमा सहजीकरण भएको थियो ।
धादिङ मनोसामाजिक संस्था नेपालले धादिङ जिल्लाको बिभिन्न स्थानमा मनोपरामर्श तालिम,गोष्ठी तथा काउन्सिलिङको काम गर्दै आएको छ ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |