धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ
धादिङको सिद्धलेक गाउँपालिकाबाट १२ तोला सुनको गरगहना र १२ लाख नगद चोरी भएको छ । गाउँपालिकाको वडा नं ३ गैरीगाउँ स्थित भिम बहादुर बलकोटीको घरबाट १२ तोला सुन र १२ लाख नगद चोरी भएको हो ।
सलाङको साना किसान कृषी सहकारी संस्थाको कर्मचारी रहेकाले ऋण, किस्ता र बचत रकम संकलन गरि घरमा आफुसँग भएको सुनका गहनासँगै बाकसमा राखेको उहाँले बताउनु भयो । उहाँका अनुसार कच्चि घरको मुल ढोकाको ताला तोडी माथिल्लो तलामा रहेको एक स्टिल बाकस फोडेर सुन र नगद चोरी भएको हो।
चोरी भएको घर पुरानो घर हो, केही महिनादेखि नयाँ घरमा सुत्न थालेका थियौँ, घर सम्पन्न नभइसकेकोले सरसामान सबै पुरानै घरमा थियो, बलकोटिले भन्नुभयो ।
चोरी भएको थाहा पाएपछि बलकोटीले प्रहरीमा उजुरी गरेका छन् । प्रहरीले चोरीको घटनाबारे अनुसन्धान थालेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |