धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,२६ जेठ
ज्वालामुखी गाउँपालिकामा मेलमिलाप कर्ताहरुका लागि २ दिने पुनतार्जगी तालिम सुरु भएको छ । ज्वालामुखी गाउँपालिका न्यायिक समितिको आयोजनामा शुक्रबारदेखी पुनतार्जगी तालिम सुरु भएको हो ।
तालिममा स्थानिय स्तरका विवाद कसरी समाधान गर्ने, आएका चुनौती र अफ्ठयारोको कसरी सामना गर्ने लगाएतका बिषयमा छलफल हुने बताईएको छ ।
स्थानिय स्तरमा हुने विवाद निरुपण गर्न मेलमिलापकर्ता सधैँ रहने र यो तालिम महत्वपूर्ण रहेको गाउँपालिकाका अध्यक्ष यम नाथ दनैले बताउनुभयो । उहाँले न्यायिक निरुपणका लागि सहज बनाउन तालिम सञ्चालन गरिएको तालिममा सिकाइलाई ध्यान दिन सहभागीहरुलाई आग्रह गर्नुभयो ।
गाउँपालिकाको ७ वटै वडाका ४४ जना सुचिकृत मेलमिलापकर्ताहरुको सहभागिता रहेको तालिममा कमला विष्ट र अर्जुन प्रसाद घिमिरले प्रशिक्षण गर्नुभएको छ ।
गाउँपालिकाका उपाध्यक्ष धर्म बहादुर अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष यमनाथ दनैको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बिभिन्न वडाका वडाध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत सुमन पण्डित, गाउँपालिकाको बिभिन्न शाखाका कर्मचारी लगाएतको उपस्थिती रहेको थियो ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |