Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ जेष्ठ ७, मंगलबार १९ : ०५ : ०१
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठ–४ रायटार प्लटिङ क्षेत्रमा सुक बहादुर तामाङ मृत अवस्थामा फेलानीलकण्ठ–४ रायटार प्लटिङ क्षेत्रमा सुक बहादुर तामाङ मृत अवस्थामा फेला
  • तासको घरतासको घर
  • धादिङबाट पोखरा जादै गरेको ईभी माईक्रोबस दुर्घटना अपडेटः मृत्यु भएका तीनै जनाको सनाखतधादिङबाट पोखरा जादै गरेको ईभी माईक्रोबस दुर्घटना अपडेटः मृत्यु भएका तीनै जनाको सनाखत
  • धादिङमा बजार अनुगमन तिव्र , म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्टधादिङमा बजार अनुगमन तिव्र , म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट
  • धादिङमा बेरुजु नियन्त्रणमा नीलकण्ठ नगरपालिकाको अग्रता, बेनिघाट रोराङ दोस्रो स्थानमाधादिङमा बेरुजु नियन्त्रणमा नीलकण्ठ नगरपालिकाको अग्रता, बेनिघाट रोराङ दोस्रो स्थानमा
  • ज्वालामुखीमा सम्पन्न बृहत स्वास्थ्य शिविरबाट १ हजार ४० जना लाभान्वितज्वालामुखीमा सम्पन्न बृहत स्वास्थ्य शिविरबाट १ हजार ४० जना लाभान्वित

मगर संस्कृतिको केन्द्र जोगाउन अभ्यासरत छ सलाङ

१०५४ पटक पढिएको प्रकाशित मिति: २०८० जेष्ठ २४, बुधबार (१ साल अघि)
मगर संस्कृतिको केन्द्र जोगाउन अभ्यासरत छ सलाङ

डा.नविनबन्धु पहाडी

नेपाली गाउँको स्मृतिले केही खास बिम्ब , विशेषता र परिचय अघिल्लो पुस्तासम्मले बनाएका छन् तर त्यही बिम्ब पनि महाभूकम्प पछि बदलिएको छ । नव आगत पुस्ताले कोर्ने भाष्यमा गाउँको बिम्ब भिन्न किसिमले चित्रित हुने र्भसकेको छ । त्यसैले त बदलिएको परिदृष्यले पुरानो गाउँको स्वरुप सम्झँदा वर्तमानले आँखामा बिझाउँछ । हृदयमा कता कता चस्स घोच्छ र एउटा नमिठो थकथकीले पिरोल्छ पनि ।

हिजो गाउँमा पुग्दा गल्ली र गल्लीमा ढुङ्गा मेहनतपूर्वक कुँदेर चिनिएका सिंढीहरु थिए , सिंढीको सुरक्षाका लागि दायाँ बायाँबाट भलेसाहरु बनाइएको हुन्थ्यो । त्यसले गर्दा वर्षायाममा पाखा पखेराबाट झर्ने भेलले बाटो,सिढीहरु बिग्रदैनथ्यो । बिग्रिहाले पनि वर्षको दुइपटक उर्दी जारी गरेर श्रमदानबाट बाटोघाटो मठ मन्दिर पाटी,पौवा, चौताराहरु सजाइन्थे । मर्मत सम्भार गरिन्थे । त्यसका लागि कहीँ कतैको बजेट मुख ताक्न, विकास अड्डाको ढोका चहार्नै पर्दैनथ्यो र सभ्यता सजीव बाँचिरहन्थ्यो । त्यसैले गाउँको परिचय लोभलाग्दो थियो । गाउँको बिचमा चौताराहरु हुन्थे । चौतारा वृध्द वृध्दाको खुला छलफलको सभाकक्ष जस्तो हुन्थ्यो । चौतारा नै केटाकेटी र युवाहरुको रङ्गशाला पनि बन्थ्यो । श्रमजीवी, खेताला, गोठाला र किसानको आराम कक्ष पनि हुन्थ्यो ।

सलाङ र त्यहाँका ग्रमीण वस्तीहरु टहल्दा पनि यही सत्य बोध हुन्छ । कल्पनु र बोध गर्नु अबको समयमा भिन्न भैसकेको छ । सलाङ मगरबहुल वस्ती हो । यहाँ उकाली ओराली र पखेराबारी ,वन वनेली आम नेपाली गाउँघरजस्तै छ । तल त्रिशुली नदी, बेसीमा खेत, बजार झर्न लामो ओरालो ओर्लनुपर्ने, साँझ उक्लँदा थकानले हैरानी हुने थरक मार्न बनाइएका बग्रेल्ती चौतारामा चल्ने मधुर बतासका झोक्काहरुको महक सलाङको देखिने परिचय नै हो । यहाँका गाउँघरहरु चौतारै चौताराको गाउँजस्ता थिए । सबै गाउँका छेउछाउ किंवा बीचतिर नभए बाटोघाटोको दायाँबायाँ चौताराहरु थिए तर अहिले सडक बनाउँने नाउँमा चौताराहरु भत्किएका छन् । त्यहाँका सिंढी र कलात्मक चौतारी पर्खालहरु, आराम गर्ने पेटीहरु छैनन् । सेप लागेका बाहनामा वर पीपल र शमीहरु काटिएका छन् । ठूटा ,मुडुला विद्रुप रुखहरु मात्रै देखिएका पो छन् ।

गाउँ भन्नासाथ हाम्रो मनसबिम्बमा सानासाना रातोमाटोले पोतिएका, ढुङ्गाले छोपिएका घरहरु हुन्थे । साना साना कौसीहरु हुन्थे । अगाडि सानो आँगन र त्यसको छेउमा मोठ र त्यसमाथि श्रध्दाले रोपिएका तुलसी हुन्थे । घरको छेउमा गोठ र त्यसमा उक्लने लिस्नु हुन्थ्यो । घरभित्र आँटी र त्यसको एक छेउतिर कतै हुन्थ्यो मकै भुटेर खाने हाँडी पनि । कोही अतिथि आइहाले भने मकै भटमास भुटेर दिइन्थो । गुन्द्रुकको अचार साधिन्थ्यो र अलिकति जाँड छानेर डबका तेस्र्याइन्थ्यो सत्कारका लागि । पिढी वा मझेरीमा बसेर सुख दुःखका आनेक भला कुसराी चल्थे,पेशा व्यवसायका कुरा हुन्थे, हुर्के बढेका सन्तानका बिहेबारीका विषयहरु आउँथे तर त्यहाँ मपाइँत्व,राग द्वेष, ईष्र्या र अहङ्कार पटक्कै देखिंदैनथ्यो । जतिदिन बसेपनि मनबाट किन बसेको भन्ने झर्कोफर्को र बोझको महशुस पटक्कै हुँदैनथ्यो । रोधीँ र सोरठीका भाका गुञ्जन्थे, मादल बज्थे, झुर्मा र ख्यालीहरु गम्कन्थे , पाहुना र घरबेटी पनि सँगसँगै कम्मर मर्र्र्र्र्काएर नाच्थे, हात समाएर उभिन्थे , बेग्लै रौनक र छनक थियो यहाँका पुराना बस्तीहरुमा । यस्तै थियो पुरानो सलाङ गाउँको परिचय पनि । सरल जीवनशैली अनेक अभिलाषा र स्वाथ्र्यहरुबाट अलि पर थियो । मन ,जीवन र प्रकृति सबै लोभलाग्दो,निश्चल, मनोरम,रागद्वेष,क्लेष, इष्र्यारहित र प्राञ्जल थियो तल बगिरहने त्रिशुलीजस्तै ।
बिस्तारै त्रिशुली पारि पृथ्वी राजमार्ग खुल्यो । त्यतिबेलाका पचहत्तरै जिल्लाका व्यवसाय चातुर्य हुनेहरुले किनार फाँडेर छाप्राछुप्री बनाए, समयसँगै सौदाबाजी गरे, छाप्रा बदलेर घाटमै महल ठड्याए । उनीहरुले सुस्ताउने चौतारीका वर पीपल बेचे, पिरतीका गीत सुसेल्ने ढुङगा,नाचगान गर्ने बगर बेचे, उनीहरुका श्रम पसिना पनि बेचे तर उनीहरुले यो सब दर्शक बनेर हेरिरहे । आफूले केही बेचेनन् साछी मात्रै बनिरहे ,दर्शक मात्रै बनिरहे ।

तर समय बदलिएको छ,तल बगिरहने त्रिशुली पनि बदलिएको छ । त्यहाँको कञ्चन पानी र सफेद बगरमा पनि त मान्छेका स्वाथ्र्यका काला दाह्रा धसिएका छन् । त्रिशुलीका निर्मल र कञ्चन जल धमिलिएको छ । बालुवा ढुङ्गाका बगरहरु ट्रकमा लादिएर सहरतिर पसेका छन् तर यहाँका मगरहरुमा त्यसरी नदीका बगर र पानीमा पनि लोभ र ईष्र्याका दागले घर गरेको छैन । उस्तै सरलता र सजहता छ यहाँको जीवनरेखामा ।
अलिकति त केही उनीहरुमा पनि बदलाब पक्कै आएको छ । आजकाल उनीहरुमा रोधी र घाटुका पुराना स्वाद बाँकि छैन । उनीहरु उसैगरि रोधी र घाटु बस्दैनन् । भजन र बालनहरु गाउँदैनन् । माघीमा पुर्खाले जस्तै सनातन गीत गुञ्जाउँदैनन् । सबैका जिभ्रोमा आधुनिकताको प्रभाव छ । हातहातमा मोवाइल र टिकटकको कृतिमताको चमकधमक छ । घरमा गर्मीमा पिइने जाँड,मोही र मकैको ठाउँ चाउचाउ र आइस्क्रिमले लिएको छ । मोही पार्ने मदानी र ठेकी हराएको छ । नयाँ पुस्ताहरु मगर भाषा भन्दा आधुनिक भाषा नै बोल्नुपर्छ र सिक्नुपर्छ भन्ने सोचतर्फ आकर्षित भएका छन् ।
यहाँ केही वर्ष अगाडि पस्दा प्रायः घरमा शौचालय हुँदैनथ्यो । पिंढी वा दैलाभित्रै सुँगुरका खोर हुन्थे । खोरमाथि नाङ्गै दिसा बस्नुपर्ने हुनाले सहरबाट आउने पाहुनाहरु खुला खोरमाथि दिसा बसेर सँुगुरलाई खुवाउने प्रचलन अनौठो मान्थे । अझ कतिपय घरभित्रै भएको खोरमा दिसा गर्नुपर्ने बाध्यता सहन गर्थे नै । आजकाल यो प्रथाको बारेमा बालबालिकाहरुलाई सुन्दा पनि अनौठो लाग्छ तर अहिले यो बाध्यता हटेको छ । सबै घरमा आधुनिक शौचघर बनेको छ । सँुगुरको खोर घर बाहिरै बनेको छ ।
यस्तै सङ्क्रमण र परिस्थितिमा २०७२ सालको महाभूकम्प आइदियो । भूकम्पले बस्ती त तहस नहस बनायो बनायो । सलाङ्बासीको मन र जीवनलाई पनि बिचलित बनाउने नै भयो । आफ्नै सानो भएपनि ओत भएकाहरुको ओत हरायो । परम्परा र सनातनी आजीविकालाई त घर निकै ठूलो कुरा रहेछ त्यो नै नभएपछि कहाँ बस्ने रु कहाँ खाने रु ठेगाना रहेन । घर बनाएर भित्र छिर्नै सबैलाई पाँच वर्ष मेहनत गर्नु प¥र्यो । त्यसपछि तयार भएको यो गाउँको स्वरुपले धेरै कुराहरु लिएर गयो । कतिका घर अघि बन्ने मोठ देखिएको छैन,लिस्नु हालिएको गोठ तथा धन्सारहरु छैनन् चिटिक्क परेका ढुङ्गाका छाना छैनन्, खर र फुसले छानाहरु त देख्नै पाइन्नन् । घरभित्र मझेरी, चुला, चौका र अँगेनाहरु देख्नै पाइन्नन् । गाउँको पहिचान र रुपमा बेहद बदलाब आएको छ । घरमाथि गर्मी छल्ने शितल छहारी छैन बरु उकुसमुकुस बनाएर उसिन्निने रङ्गी बिरङ्गी टिनका छानाहरु छन् । बाहिरबाट हेर्दा झिलिमिली देखिन्छ । अनेक रङ्गका फूलबारी जस्तो ।

विकास निर्माणको सन्दर्भमा सलाङका सबै मगर बहुल गाउँहरु गौथले, आरर्वास,झलाटी,आमकोट,खुर्सानीटार,भेडाबारीमा कच्ची सडक सञ्जाल पुगेको छ , खानेपानीको समस्या त छैन तर पर्याप्त हुन सकेको देखिंदैन । अधिकांश सिञ्चाइको अभावले खेतीपाती निर्वाहमुखी मात्रै देखिन्छ । टार र फाँटहरु सीमित मात्रै छन् । पाखा पखेरा प्रशस्त छन् । फलफूल तथा तरकारीका लागि निकै अनुकूल भूगोल भएपनि सिञ्चाइको अभावले खेतिपातीको सनातनी पद्दति बदलिन सकेको छैन । यहाँ गोलभेँडा भने प्रशस्त फल्छ र त्यसलाई मकैसँगै भित्री बालीको रुपमा लगाउने गरिन्छ । त्यसैबाट यहाँका नागरिकको नुनतेल चल्ने गरेको छ ।

अभियन्ताहरुलाई लागेको छ कि हामीले धेरै मौलिकता गुमाइसकेका छौं । उनीहरुलाई लाग्छ कि हामी पश्चिम नेपालबाट अनेक आरोह अबरोह झेल्दै परम्परा जोगाएर यहाँ आइ पुगेका छौं । हाम्रा कुलदेवता मष्टोको सुरक्षा गरेका छौं र कुलायनबाट रक्षित पनि छौं । सलाङ् गौथलेका मगरधामीले हामीसँगको एक भेटमा भने । उनीहरुको कुलदेवता मष्टो हुन् जसको पूजामा सबै कुल मिलेर भेडाको बली दिने चलन छ र प्रत्येक घर घरबाट कुखुराको पनि बली दिइन्छ । कुल पूजा धामीकै घर भित्र गरिन्छ । धामीको पूजा पछि शिकारी देवताको पूजा गरिन्छ । शिकारी देवतालाई कुखुरा बली दिने चलन छ । शिकारी देव अर्थात् किराँतेश्वर शिवको पूजा हुन्छ । कुल देवताको पूजाका दिन धामी घरमा मेला जस्तै उत्सव नै हुन्छ । यसरी हेर्दा यहाँका मगरहरुको पूर्वको किराँतेश्वर र पश्चिमको मष्टो पूजाको गजब मिश्रणको संस्कृति पाइँदो रहेछ ।

अब हामी हाम्रो मौलिकता जोगाउन लागि पर्नुपर्छ । हाम्रो भाषामा नै यहाँका आधारभूत विद्यालयमा कखहरा बालबालिकाले सिक्न पाउँनुपर्छ । हाम्रा जन्म,मृत्यु, विवाह संस्कार, नववर्ष र मृत्यु संस्कारका सन्दर्भहरु अभिलेखन हुनुपर्छ । त्यसका लागि बासिन्दाहरु मगर भाषाको पाठ्यक्रम निर्माण गर्न कस्सिएका छन् । जीवनशैली फेरिएकोमा पनि अभियन्ताहरु चिन्तित छन् । उनीहरुले होमस्टे बनाएर मौलिकता जोगाउन र आफ्नो परम्पराको प्रचार प्रसार गर्न जुट्दैछन् । मगर अभियन्ता बम बहादुर मगर भन्छन् अर्कोपटक आउँदा तपाई हाम्रो होमस्टेमा बस्न पाउनुहुन्छ ।
प्रदेश पोर्टल बाट साभार

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
विचार सम्बन्धि थप
  • धादिङ अस्पतालमा ईन्डोस्कोपी सेवा सुरु

    धादिङ अस्पतालमा ईन्डोस्कोपी सेवा सुरु

  • नीलकण्ठ नगरपालिकाले लगातार तेस्रो पटक जित्यो राष्ट्रपति रनिङ शिल्ड

    नीलकण्ठ नगरपालिकाले लगातार तेस्रो पटक जित्यो राष्ट्रपति रनिङ शिल्ड

  • रुवीभ्यालीको लिन्जोमा ५ दिने खर्क व्यवस्थापन तालिम सुरु

    रुवीभ्यालीको लिन्जोमा ५ दिने खर्क व्यवस्थापन तालिम सुरु

  • धादिङ समाज कान्साईको दोस्रो अधिबेशन हुदै

    धादिङ समाज कान्साईको दोस्रो अधिबेशन हुदै

  • समाचार
    धादिङ अस्पतालमा ईन्डोस्कोपी सेवा सुरु

    धादिङ अस्पतालमा ईन्डोस्कोपी सेवा सुरु

    नीलकण्ठ नगरपालिकाले लगातार तेस्रो पटक जित्यो राष्ट्रपति रनिङ शिल्ड

    नीलकण्ठ नगरपालिकाले लगातार तेस्रो पटक जित्यो राष्ट्रपति रनिङ शिल्ड

    रुवीभ्यालीको लिन्जोमा ५ दिने खर्क व्यवस्थापन तालिम सुरु

    रुवीभ्यालीको लिन्जोमा ५ दिने खर्क व्यवस्थापन तालिम सुरु

    धादिङ समाज कान्साईको दोस्रो अधिबेशन हुदै

    धादिङ समाज कान्साईको दोस्रो अधिबेशन हुदै

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    neelkanthafm@gmail.com

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0