Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ८, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

आज सुर्तीजन्य पदार्थरहित दिवस

नीलकण्ठ एफ.एम ९७० पटक पढिएको प्रकाशित मिति: २०८० जेष्ठ १७, बुधबार (३ साल अघि)
आज सुर्तीजन्य पदार्थरहित दिवस

‘खाद्यान्न चाहिन्छ, सुर्तीजन्य पदार्थ होइन’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरी आज सुर्तीजन्य पदार्थरहित दिवस मनाईँदै छ ।

यसै अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले भिडियो सन्देश जारी गर्दै सुर्तीजन्य सेवन त्यागी स्वस्थ जीवनयापन गर्न सबैमा अनुरोध गर्नुभएको छ । सुर्तीजन्य पदार्थको सेवनले क्यान्सर, मुटुरोग, श्वासप्रश्वाससम्बन्धी दीर्घरोग र मधुमेहजस्ता नसर्ने रोग निम्त्याउने गरेको उहाँले बताउनुभयो ।

उहाँले धुमपान गर्दा आफ्नो स्वास्थ्यमात्र नभई नजिकमा रहेका अन्य व्यक्तिको स्वास्थ्यमा पनि उत्तिकै असर पुग्ने सन्देशमा उल्लेख गरिएको छ । उहाँले सुर्तीजन्य पदार्थको असरलाई न्यूनीकरण गर्न नेपालमाम सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनसम्बन्धी ऐन, कानुन पारित भई लागू भइसकेको जानकारी गराउनुभयो ।

मन्त्री बस्नेतले नेपालले सुर्तीजन्य पदार्थको भागमा ९० प्रतिशत चेतावनीमूलक सन्देश अनिवार्य व्यवस्था गरेको उल्लेख गर्दै सार्वजनिकस्थलमा धुमपान निषेध र सुर्तीजन्य पदार्थको विज्ञापन प्रवर्द्धन पनि निषेध गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सुर्तीजन्य पदार्थको नयाँ सेवनकर्ताको दरमा कमी ल्याउन र अम्मलीको लत छुटाउन विभिन्न लक्षित कार्यक्रम सञ्चालन भइरहेको छ । ”

मन्त्री बस्नेतले सुर्तीजन्य पदार्थको सेवनको लत छुटाउने कार्यक्रमलाई पहुँचयोग्य बनाउन, सुर्तीजन्य पदार्थमा कर बढाउन र उक्त सङ्कलित करबाट आर्थिकरूपमा विपन्न्न नागरिकको उपचार खर्च गर्ने कार्य प्रभावकारीरूपमा अगाडि बढाउन आवश्यक रहेको भनाइ राख्नुभयो । सन्देशमा उहाँले सुर्तीजन्य पदार्थले मानव स्वास्थ्यसँगै खेतीयोग्य जमिन, वातावरणमा प्रभाव पार्ने भन्दै सुर्तीजन्य पदार्थको खेती उत्पादन र प्रयोगबाट निस्कने फोहरले जल, जमिन र वायुमा दूषित भएको बताउनुभयो ।

विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओका अनुसार विश्वमा हरेक वर्ष सुर्तीजन्य पदार्थ सेवनको कारण विश्वभर ८० लाख मानिसको मृत्यु हुने गरेको छ । तीमध्ये ७० लाखभन्दा बढीको मृत्यु प्रत्यक्ष सुर्तीजन्य पदार्थको प्रयोगका कारण हुने गरेको छ भने धुमपान नगर्ने तर अन्य व्यक्तिले गरेको धुमपानबाट उत्पन्न धुवाँका कारण करिब १२ लाखभन्दा बढीको मृत्यु हुने गरेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हरेक वर्ष २७ हजारभन्दा बढी मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको छ । अभिभावकले धुमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा बालबालिका र परिवारका अन्य सदस्यमा श्वासप्रश्वाससम्बन्धी समस्या, मुटुरोग, क्यान्सरलगायतका स्वास्थ्य जोखिम बढाउँछ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले हालै गरेको सर्वेक्षणमा नेपालमा २८ दशमलव नौ प्रतिशत मानिसले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने पाइएको छ । तीमध्ये ४८ दशमलव तीन प्रतिशत पुरुष र ११ दशमलव छ प्रतिशत महिलाले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गर्दछन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार को सन् २०२२ को तथ्याङ्कानुसार विश्वमा २२ दशमलव तीन प्रतिशत मानिस सुर्तीजन्य पदार्थ प्रयोग गर्दछन् । सुर्तीजन्य पदार्थको प्रयोग महिलाभन्दा पुरुषमा बढी हुने गरेको छ । महिलाको सात दशमलव आठ प्रतिशत र पुरुषमा ३६ दशमलव सात प्रतिशत रहेको छ ।

मन्त्रालयले जारी गरेको सूचनामा दिगो विकास लक्ष्य प्राप्त गर्न नेपालको प्रतिबद्धता जनाएअनुरुप सुर्तीजन्य पदार्थ रोकथामको महासन्धि कार्यान्वयनलाई तीव्रता दिन आवश्यक रहेको छ । नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि राष्ट्रिय बहुक्षेत्रीय कार्ययोजना ९२०२१–२०२५०ले नेपालमा सन् २०२५ सम्ममा १५ वर्षमाथिका मानिसमा व्याप्त रहेको सुर्तीजन्य पदार्थको प्रयोगमा ३० प्रतिशत सापेक्षिक कमी ल्याउन आह्वान गरेको छ ।

कसैले पनि शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहर केन्द्र, वृद्धाश्रम, अनाथालयको कम्तीमा एक सय मिटरभित्रको घर, पसलबाट सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न÷गराउन नपाइने व्यवस्था कानुनमा रहेको छ । त्यसैगरी सुर्तीजन्य पदार्थ विक्रेताले अठार वर्ष उमेर नपुगेका व्यक्ति र गर्भवती महिलालाई सुर्तिजन्य पदार्थ नबेच्ने र बेच्न नलगाउने र चुरोट तथा बिडीको फुटकर खिल्ली बेच्न नपाउने व्यवस्था रहेको छ ।

सुर्तीजन्य पदार्थको रोकथाम तथा नियन्त्रणका लागि तीनै तहमा विद्यालय स्वास्थ्य शिक्षा, सरोकारवालासँग अन्तक्र्रिया कार्यक्रम, आमसञ्चार कार्यक्रम थप व्यापक गर्दै लौजान आवश्यक रहेको छ । सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन सम्बन्धी ऐन, कानुन, नियमावली र निर्देशिका पारित भई लागू भइसकेको अवस्थामा यी प्रावधनको कडाइका साथ लागू गरी सुर्तीजन्य पदार्थबाट हुने असरलाई न्यूनीकरण गर्न अपरिहार्य रहेको मन्त्रालयले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पत्रकार आकाश लम्साल सम्मानित

    पत्रकार आकाश लम्साल सम्मानित

  • ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन

    ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन

  • नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

    नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

  • नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

  • समाचार
    पत्रकार आकाश लम्साल सम्मानित

    पत्रकार आकाश लम्साल सम्मानित

    ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन

    ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन

    नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

    नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0